हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई सम्झँदै थुकियो,आदिवासी जनजाति महासंघको समर्थन


काठमाडौँ : पृथ्वीनारायण शाहको सम्झनामा काठमाडौँ महानरपालिकामा ‘राष्ट्रिय एकता दिवस’ मनाई रहँदा नजिकैको कीर्तिपुर नगरपालिकाको डाँडामा भेला भएका केही स्थानीय यो दिनलाई अर्कै किसिमले सम्झँदै थिए। उनीहरुले पृथ्वीनारायण शाहलाई सम्झँदै त्यहाँको छ्याकेढुङ्गामा सामूहिक रुपमा थुके।

सिंहदरबारको गेट अगाडि पृथ्वीनारायणलाई सम्झँदै उनको सालिकमा माल्यार्पण भइरहँदा कीर्तिपुरमा भने युद्धका क्रममा उनी लडेको स्थानमा पूजा भयो।
कीर्तिपुरको ओरालोमा एउटा ढुङ्गा संरक्षित छ। त्यो छ्याकेढुङ्गामा बुधबार केही स्थानीयले जम्मा भएर थुके। नेपाल एकीकरणमा काठमाडौँ विजय गरेपछि पृथ्वीनारायण शाह बसन्तपुरस्थित दरबारमा बसे। यो ठाउँबाट दरबार देखिने भएकोले त्यतिबेलादेखि नै त्यहाँ थुक्ने चलन छ।

स्थानीय श्रीकृष्ण महर्जनले  भने – ‘युद्धका बेला नाक, कान काट्ने जस्तो अमर्यादित काम भयो, महिला र बालबालिकामाथि आक्रमण भयो। यस्तो मान्छे राजगद्दीमा बसेको छ। त्यो छ्याके ढुङ्गा जस्तै पृथ्वीनारायण शाह नालायक भनेर देखाउन उनी बस्ने बसन्तपुर दरबारतिर हेर्दै थुक्ने काम त्यतिबेलादेखि चलनमा आएको हो।’

उनका अनुसार पञ्चायत कालमा यो ठाउँमा थुक्दा प्रहरीले पक्रने गरेको थियो। गणतन्त्र आइसकेपछि पुनः थुक्ने क्रम सुरु भएको हो।

कीर्तिपुरबासीले आजै अर्को एक स्थानमा भने पूजा गरे। देवढोका अगाडि रहेको ढुङ्गामा कीर्तिपुरका सेनाले पृथ्वीनारायणलाई लखेट्दा उनी चिप्लिएका थिए। शाहलाइ मार्न एक सैनिकले हतियार उठाएका थिए। तर अर्का सैनिकले भने ‘राजालाई राजाले मात्र मार्नुपर्ने’ भन्दै छाड्न भने। उनीहरुले अहिले पनि त्यो ढुङ्गामा पुजा गर्ने गरेका छन्।

स्थानीय महर्जन भन्छन्, ‘हाम्रो लागि यो ढुङ्गा देउता सरह हो’ भनेर पूजा गर्ने गरेका छौँ।

अर्का स्थानीय नजरराम महर्जन अहिले पनि पृथ्वीनारायण शाहलाई सराप्नुको कारण खुलाउँदै भन्छन् – ‘उनले एकीकरण गरेका थिएनन्। राज्य विस्तार गरेका थिए। नत्र हाम्रो भाषा र संस्कृति एकीकरणपछि पनि कायम रहन्थ्यो होला। एक भेष र एक भाषाको नीति लागू हुन्नथ्यो होला।’
महर्जन नेपालको संविधानले स्वायत्त र विशेष क्षेत्रको व्यवस्था गरेको भए पनि स्थानीय तह पुन: संरचना आयोगले त्यसलाई अस्वीकार गरेको भन्दै विरोध जनाए।

कीर्तिपुरवासीको थुक्ने कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघले समेत समर्थन गरेको छ। बुधबार महासंघको प्रतिनिधि बनेर कीर्तिपुर पुगेका सुरविर थामीले पृथ्वीनारायण शाह युद्ध अपराधी भएको तर्क गरे। उनले युद्धको नियम पृथ्वीनारायण शाहले नमानेको र धेरै ठाउँमा राष्ट्रिय एकता दिवसको विरोधमा कालो दिवस मनाउने गरिएको समाचार पहिलोपोस्टमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution