हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

एयरपोर्टमा समातेको ३३ किलो सुन अर्थमन्त्रि महराको भएको ठहर

काठमाडौं, २६ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि अर्को गरी खुल्न थालेका छन ।

अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयत हुने गरकेो स्रोतको दाबी छ । ३३ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले केही महिनायता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएको हो ।

अवैध सुन ल्याउने को को हुन भन्ने कुरा सरकारले भन्सारका कर्मचारीलाइ कडा कारवाही गर्ने हो भने यसको रहस्य खुल्छ । सरकारका माथिल्लो तहका सबैलाइ सुन तस्करबारे थाहा छ । तर सुनतस्करीको जालो अर्थमन्त्रीसँग जोडिएकाले भरिया शाही पक्राउ परे पनि सुनका वास्तविका मालिक गुमनाम छन् ।

मुख्यत भन्सार कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट अवैध रुपमा सुन आइरहेको कुरामा दुईमत छैन । स्रोतका अनुसार विमानस्थल भन्सारमा सुन तस्करीको सेटिङ मिलाउकनकै लागि अर्थमन्त्री महराले माओवादी समर्थक सहसचिव नारायण सापकोटालाई प्रमुख भन्सार प्रशासकका रुपमा दुई महिनाअघि सरुवा गरेका हुन् ।

महराका छोरा निर्मल महरा ’एटम’ र निजी सचिव नेत्र पौडेलको डिजाइनमा सुन तस्करी गर्नकै लागि सापकोटालाइ एयरपोर्ट पठाइएको हो । गोपाल शाहीले ३ सय किलो सुन भित्राएको बयान दिए पनि अर्थमन्त्री महरा आएपछि त्यो भन्दा ठूलो परिमाणमा सुन आएको स्रोतकाे दाबी छ ।

सीआइबीले भन्सारबाट पार भइसकेपछि सुन बरामद गरेको घटनाले पनि यसमा अर्थमन्त्री महरा तानिएका हुन । माथिल्लो सेटिङबिना एक जना भन्सार प्रमुखले मात्रै यति ठूलो परिमाणको सुन तस्करी गर्ने आँट गर्दैनन् । यस घटनापछि अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सारका २९ कर्मचारीलाइ जिम्मेवारीबाट अलग गरिएको छ । तर सीआइबीका अधिकारी भन्छन् अवैध सुन आयातमा मुख्य दोषी भन्सारका कर्मचारीलाइ भ्रष्टाचार र संगठीत अपराधमै कारवाही गर्नुपर्छ अनिमात्र यस्ता क्रियाकलाप नियन्त्रण हुनसक्छ । संगठीत अपराध पुष्टि भएका १५ वर्षसम्म कैद हुनसक्छ ।

एयरपोर्ट भन्सारमा लामो समयदेखि रेडियो टेक्निसियन विन्दुकाजी महर्जन, तथ्यांक अधिकृत श्रीनारायण यदव र प्रमुख भन्सार अधिकृत टंक पौडेलले नै सुन तस्करीमा सेटिङ गर्दे आएको खुलेको छ । – आज प्रकाशित दृष्टि साप्ताहिकमा खबर छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution