फिफा बर्ष खेलाडि अवार्ड रोनाल्डोको पोल्टामा

२६ पुस – पोर्चुगलका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड हात पार्न सफल भएको छ । जुरिचमा आयोजना भएको बेस्ट फिफा फुटबल अवार्ड समारोहमा रियल मड्रिडका फरवार्ड रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै सो अवार्ड जित्न सफल भएका हुन् ।
रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो चौथो पटक हो ।
फिफा ब्यालन डि’ओरमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको पहिलो पल्टमै रोनाल्डोले सफलता हात परेका हुन् । @ एजेन्सी