इजरायलमा माघे संक्रान्ति मनाउने तयारी पुरा

तेलअविब – नेपाल मगर संघ इजरायल द्वारा मगर जातीको राष्ट्रिय मौलिक चाड “माघे संक्रान्ति ” पर्व एक बिशेस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाकी प्रथम उपाध्यक्ष बिष्णु पुन मगरले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
मगर जातीको साँस्कृतिक झाँकी एवम रात्रि भोजका साथ २०१७ जनवरी १३ तारिख (शुक्रबार) तेलअविव शहर स्थित याद खरुचिम- १५ EVE पार्टी हलमा कार्यक्रम भब्य रुपमा मनाउने भएको छ | उक्त कार्यक्रममा इजरायलका विभिन्न ठाँउमा कार्यरत मगर तथा गैरमगर दाजुभाइ दिदीबहिनीहरु ,नेपाली राजदुतावास इजरायल परिवार, सामाजिक, धार्मिक ,जातीय संघसस्था, बुद्धिजीवी बर्ग अनलाइन पत्रकार /मिडियाकर्मीहरु सबैमा पत्राचार गरिसकेको जनाएको छ |