नेपाल तामाङ घेदुङ इजरायलको नामे/ज्या ल्होछार प्रामो (भिडियो)

नेपाल तामाङ घेदुङ,इजरायलद्वारा आयोजना गर्न गइरहेको एतिहासिक ल्होछार सांस्कृतिक कार्यक्रममा आफ्नो धर्म ,सास्कृति ,भाषा ,कला ,साहित्य भेष -भुषा ,चाड पर्ब ,परम्पराहरुको सम्बर्धन संरक्षण गर्ने उदेश्यका साथ तामाङ जातिको महान राष्ट्रिय धार्मिक चाड मन्जुश्री सम्बत २८५३ नामे /ज्या ल्हो (चरा बर्ग ) सोनाम ल्होछार यहि आउदो ३ फेब्रुअरी २०१७ (शुक्रबार) यादखरुचिम -१५ तेलअभिबमा भब्यताका साथ मनाउनको निमित्त नेपालबाट आमन्त्रित लोकप्रिय चर्चित गायक बिशाल काल्तेन तामाङ ज्यु को बेजोड प्रस्तुति रहने बारे वहाँले प्रत्यक्ष भिडियो मार्फत जानकारी दिनु हुँदै इजरायलबासी सम्पूर्ण आदरणीय तामाङ ज्यो ज्यो आले ,नाना आङाहरु लगायत समस्त आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु साथै महानुभावहरुमा गायक काल्तेनले हार्दिक अनुरोध सहित निमन्त्रणा गर्नु भएको छ साथै यहाँहरुको गरिमामय उपस्थितिले हाम्रो आउदै गरेको सोनाम ल्होछार सास्कृतीक साझ कार्यक्रमलाइ भब्यतका साथ सफल पारिदिनु हुनेछ भनि आशा र अपेक्षाको साथ सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ |