तरुनी संग भेट गर्ने ,बेबी भन्दै च्याट गर्ने – गायिका संगिता थापामगरको दर्शन झोर्ले

-निमकान्त डाँगी
अमेरिकामा बस्दै आउनु भएकी र पछिल्लो समय नेपाली लोक गित संगितको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको रोइला गित “दर्शन झोर्ले” भरखरै मात्रै सार्वजनिक भएको छ । स्टेज क्विन को रुपमा समेत परिचय बनाउन सफल गायिका थापाले यसपाली फेरी निकै मार्मिक शब्दहरु रहेको रोइला गितमा सुमधुर स्वर रहेको छ |यस गितमा थापालाई चर्चित गायक रामजी खांडले साथ दिनु भएको छ ।
चर्चित गायक,गितकार,संगितकार सिपी मगरको शब्द तथा संगित रहेको यस रोइला गितलाई मगर्स क्रियशन कम्पनीको म्युजिक प्रोडक्सन हाउसले भिडियो निर्माण गरी बजारमा ल्याएको हो। म्युजिक भिडियोमा गायिका संगिता थापा मगर र रामजी खांड दुबैले अभिनय गरेका छन् ।