हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङ एक हुने सङ्केत

eee

काठमाडौं÷नेपाल तामाङ घेदुङको संयोजकत्वमा गठित राष्ट्रिय सोनाम ल्होछार– २८५३ मुल समारोह समितिको पुष २४ गते बसेको बैठकमा दुवै घेदुङका अध्यक्षहरुले आगामी सोनाम ल्होछारबाट नेपाल तामाङ घेदुङ र राष्ट्रिय घेदुङ एक हुने सङ्केत देखाएका छन् ।

बैठकमा आफ्नो कुरा राख्ने क्रममा नेपाल तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष बीरबहादुर योञ्जनले तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङ बीच एकता हुने सङ्केत गरेका थिए । उनले बिगतमा विभिन्न कमीकमजोरीका कारण तामाङ संगठनहरु अलग भएपनि अब एक हुनुपर्ने बताए ।

योञ्जनले संसारका तामाङहरुलाई तामाङ एकताको सन्देश दिनुपर्ने बतापछि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले ल्होछारकै दिन टुँडिखेलबाट एकताको सन्देश दिन सकिए सबैभन्दा राम्रो हुने बिचार ब्यक्त गरेका थिए ।

दुई अध्यक्षको यस्तो धारणा आएपछि अन्य संघ÷संस्थाका प्रतिनिधिहरुले समेत खुशी ब्यक्त गरे । उनीहरुले यो एकतापछि तामाङ आन्दोलनमा नयाँ इतिहास कोरिने दाबी गरेका छन् । बैठकले १० दिने ल्होछार मूल समारोह अन्तर्गतका कार्यक्रमहरु तय गर्दै विभिन्न संघ÷संस्थाहरुलाई कार्यक्रम सञ्चालनको जिम्मेवारी सहित उपसमितिहरु समेत गठन गरेको छ ।

मूल समितिले तय गरेको कार्यक्रम अनुसार माघ ७ गते पत्रकार सम्मेलन, माघ ८ गतेदेखि ११ गतेसम्म ब्याडमिन्टन प्रतियोगिता, माघ ११ गते ल्होछार सम्बन्धि अन्तरक्रिया, माघ १२ गते तामाङ ह्वाईखा प्रतियोगिता, माघ १३ गते ताम्सालिङ आन्दोलनबारे अन्तरक्रिया, माघ १४ गते ल्होछार दिपावली, माघ १५ गते साँस्कृतिक ¥याली, मूल समारोह उद्घाटन, माघ १६ गते विविध साँस्कृतिक कार्यक्रम तथा तामाङ महोत्सव सञ्चालन गर्ने भएको छ ।

बैठकले पत्रकार सम्मेलनको लागि तामाङ सञ्चार समूह, खेलकुदको लागि ह्याङ्ला ओखलढुंगा तामाङ सेवा समाज, ल्होछार सम्बन्धि अन्तरक्रियाको लागि नेपाल तामाङ लामा घेदुङ, तामाङ ह्वाईखा प्रतियोगिताको लागि भाषा तथा साहित्य विभाग, तामाङ डाजाङ र नाङ्साल क्लब, ल्होछार शुभकामना आदानप्रदान र ताम्सालिङ बारे अन्तरक्रियाको लागि विद्यार्थी घेदुङ र राष्ट्रिय विद्यार्थी घेदुङ, ल्होछार दिपावलीको लागि तामाङ महिला राष्ट्रिय घेदुङ र बौद्ध क्षेत्रका तामाङ समाज, साँस्कृतिक झाँकी, ¥याली ब्यवस्थापनको लागि ल्होज्याङ तामाङ समाज र तामाङ साँस्कृतिक कार्यक्रमको लागि तामाङ संस्कृति घेदुङ, राष्ट्रिय तामाङ संस्कृति घेदुङ र तामाङ कलाकार संघलाई जिम्मेवारी दिएको छ ।
यसैगरी विभिन्न उपसमितिहरुमा समेत प्रचारप्रसारमा जगत दोङ, झाँकी ब्यवस्थापनमा योेगेन्द्र रुम्बा, मान÷सम्मानमा प्रदिप बोम्जन, स्वागत÷सत्कारमा बिष्णु बोम्जन, स्वयंसेवकमा हर्क तामाङ, साँस्कृतिक कार्यक्रममा छेवाङ तेन्जीङ लामा, मञ्च सजावटमा कुमार घिसिङ र खेलकुदमा पेम्बा तामाङलाई संयोजक तोकेको छ । कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न अनुगमन र आर्थिक ब्यवस्थापन उपसमिति समेत गठन गरिने घेदुङका महासचिव बाबु घिसिङले बताए ।

बैठकले ल्होछार लोगो र नारा समेत पास गरेको छ । यस बर्ष मनाइने ल्होछारको मूल नारा ‘तामाङ भाषा, धर्म र संस्कृति प्रवद्र्धनका लागि सोनाम ल्होछार–२८५३ घर घरमा मनाऔं ! ताम्सालिङ सहितको संविधान संशोधनका लागि गाउँ गाउँबाट जनदबाब सिर्जना गराऔं !!’ रहेको मूल समितिका संयोजक मोहन गोले तामाङले बताए । ल्होछार लोगोलाई गोलेले बैठक हलमा सार्वजनिक गरेका थिए ।

ल्होछार समारोहलाई सम्पन्न गर्न अर्को बैठक माघ २ गते घेदुङ कार्यालयमा बस्ने आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउन यस अघि नै १००१ सदस्यीय मूल आयोजक समिति गठन गरेको थियो । @ तामाङघेदुङ डट ओआरजी 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution