इजरायलली सैनिकहरुमाथि आतंकवादीले ट्रक चलाउंदा ४ को मृत्यु

जेरुसेलम – इजरायलको जेरुसलममा सैनिकहरुको समूहमाथि एउटा ट्रक चलाइँदा ४ जनाको मृत्यु भएको छ । प्रहरीले यसलाई आतंकवादी आक्रमण भएको बताएको छ ।
मारिनेमा तीन महिला र एक पुरुष रहेको बताइएको छ । सबैको उमेर २० वर्षको आसपास रहेका छन् । घटनामा १३ जना घाइते छन् ।
प्रहरीका अनुसार आक्रमण गर्ने ट्रक ड्राइभर सेनाको गोलीबाट मारिएका छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार इजरायली सेना भएको स्थानमा ट्रक तीव्र गतिमा कुदाइएको थियो । पछि, ट्रकलाई पछाडि फर्काएर घाइतेहरुमाथि पुनः कुदाइएको थियो ।
इजरायलका प्रहरी प्रमुख रोनी अल्सेचका अनुसार ड्राइभर पूर्वी जेरुसेलमबाट रहेको र उनीसँग इजरायली ड्राइभिङ लाइसन्स रहेको थियो ।