तामाङ डाजाङको १६० औ ग्योइकाइ गेताङ सम्पन्न

याम्बु -तामाङ डाजाङको १६० औं (ग्योइकाइ गेताङ) साहित्यिक श्रृंखला आज सम्पन्न भएको छ । प्रदर्शनीमार्ग काठमाडौंस्थित रत्नराज्य क्याम्पस्मा आज १६० औं श्रृंखला सम्पन्न भएको हो । कार्यक्रममा नेत्र तामाङ, मनिकलाल घिसिङ, प्रयत्न वाइबा, तेज योन्जन, डुप्साङ लामा, महिन्दो वाइबा, अस्मिता घिसिङ, हिरामाया घिसिङ ‘कुसुम’, ङेमा थाङ्पाल, इश्वर थोकर, कविराज काल्तान, रत्नकुमार लामा, टंकलाल दोङ, अमर लो तामाङ, मानकाजी पाख्रिन, रुपक ‘जमरा’, विबेक लोप्चनले तामाङ भाषामा कविता, गजल, मुक्तक र हाइकु प्रस्तुत गरेका थिए । त्यसैगरी रन्जना मोक्तान, ढकबहादुर घिसिङ, संगीता थिङ, धनबहादुर मोक्तान, धनकुमारी घिसिङ, हिरामाया घिसिङ, मौलिक गीत गए । साहित्यका विभन्न विधा र मौलिक गीत गाउँनेमा २४ जना स्रष्ट सहभागी थिए ।
तामाङ स्रस्टाहरुले तामाङ आन्दोलन, गुमेको पहिचान, राजनैतिक खिचतानीका कारण बढेको बेथिती, तामाङ मौलिक पर्वको जगेर्ना र मायाप्रितिका विषयमा लेखिएका रचना प्रस्तुत गरेका छन् ।
‘तामाङ ग्योइ थेन ग्योइकाइदा छार्नालाइ, तामाङ ब्रिखेन गि तासि ब्राइ’ भन्ने नाराका साथ स्थापना कालदेखि नै भाषा र साहित्यको संरक्षनार्थ तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार ग्योइकाइ गेताङ गर्दै आएको हो । तामाङ डाजाङ २०५९ सालमा स्थापना भएदेखि गरेको साहित्यिक गतिविधिको प्रभावमा अहिले काठमाडौं उपत्यकामा मात्रै अन्य ३ वटा संस्थाले पनि नियमित साहित्य वाचन कार्यक्रम गर्दै आएको छ । भने उपत्यका बाहिर सिन्धुली, सर्लाहीलगायत जिल्लामा साहित्यिका कार्यक्रम हुदै आएको छ ।
कार्यक्रममा लेखक रविन्द्र ग्याबाले आफुसंग रहेका तामाङ भाषाको करिब ७५ वटा गीति एल्वम तामाङ डाजाङका सल्लाहकार एवं पूर्व अध्यक्ष बुद्ध योन्जन लामालाई हस्तन्तरण गर्नु भएको छ । योन्जनले तामाङ भाषामा रेकर्ड भएका गीतहरुलाई संग्रहलयको रुपमा जम्मा गर्दै आउनु भएको छ । कार्यक्रम डाजाङका अध्यक्ष सन्चु ब्लोनको अध्यक्षता तथा बुद्धराम थिङको संयोजनमा सम्पन्न भएको थियो ।