सरकारद्वारा पुनर्निर्माण प्रधिकरणका सिइओ सुशील ज्ञवालीलाई बर्खास्त

पुस २१ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई सरकारले बर्खास्त गरेको छ ।
ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले एकसाताअघि १२ पन्नाको स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले बुधबार ७२ पन्ने स्पष्टीकरण बुझाएका थिए ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा ५ वर्षको लागि नियुक्त गरेको थियो ।