हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

रातो नम्बरबाट फोन आउदैन,नआतिनु र भ्रममा नपरौ -प्राधिकरणका प्रवक्ता अर्याल

p
काठमाडौँ, २० पुस – सामाजिक सञ्जालमा अहिले रातो नम्बरको आतङ्क व्यापक बन्दै गएको छ।मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार हुन थालेको छ। चल्तीमा नरहेका अनलाइनका नाममा यस्तो रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समाचार फैलिएको छ। तर, यसरी फैलाइएका हल्ला पूर्णरुपमा गलत र भ्रामक मात्र रहेको दुरसञ्चार क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए।

‘हाम्रो प्रारम्भिक अध्ययन अनुसार अन्तर्राष्ट्रिय बजारमा यस्तो रातो नम्बर भन्ने कतै पनि प्रचलनमा देखिंदैन’ उनले भने ‘सामाजिक सञ्जालमा भनिएका कुरा भ्रम हुन्।’ प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन।

प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न अर्यालको सुझाव छ। सामाजिक सञ्जालमा कुनै पनि सेवा प्रदायकको नम्बरसँग नमिल्ने नम्बर राखेर उदाहरण प्रस्तुत गरिंदै आएको छ।

नेपाल टेलिकम वायरलेस सेवाका निर्देशक इन्जिनियर अशोक थापाका अनुसार अहिलेसम्म टेलिकमका कुनै नम्बरमा यस किसिमको फोन आएको छैन। हाम्रो नेटवर्कमा रातो नम्बर अहिलेसम्म आएको जानकारी छैन, उनले भने। प्रयोगकर्तालाई यस किसिमको भ्रमको पछि नलाग्न पनि उनको सुझाव छ।

सामाजिक सञ्जालमा विशेषगरी एनसेल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आएको हल्ला फैलाइएको छ। तर यो सबै सेवा प्रदायकको विश्वसनीयतालाई कमजोर बनाउन गरिएको होक्स मात्र भएको एनसेलका सञ्चार विज्ञ मिलनमणि शर्माले बताए। आजको गोरखापत्र दैनिकमा खबर छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution