कुलमान घिसिङका समर्थक पक्राऊ

काठमाडौं । मंगलबार कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
खार्पाचोक युवा क्लबको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले ‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’, ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।
माइतीघरमा जम्मा भएर नारा लगाएका उनीहरु अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।