हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

इजरायलमा राजदुतावासलाई निरन्तर राख्ने कि नराख्ने,सोचनीय बिषय बनेको छ – सामान्यमन्त्रि बुढाथोकी

4

तेलअविव- नेपाली राजदुतावास इजरायलले एक कार्यक्रमको आयोजन गरी नेपाली जनसम्पर्क समिति इजरायलको अधिवेशन उत्घाटन एवं एक हप्ता भ्रमणको लागि नेपालबाट आउनु भएका नेपाल सरकारका प्रशासन माननीय मन्त्रि केशब कुमार बुढाथोकी संग इजरायलस्थित राजनीतिक , सामाजिक , धार्मिक संघसंस्था र मिडियाकर्मीहरु बीच ३१ डिसेम्बर २०१६ (शनिबार) दिउँसो ४ बजे देखि ६ बजे सम्म राजदुतावास निवास हर्जेलियामा “भेटघाट तथा छलफल” सम्पन्न गरेको छ |

कार्यक्रममा माननीय मन्त्रि समक्ष इजरायलमा नेपालीहरुको समस्याबारे जानकारी गरिएको थियो | जसअनुसार नेपाल सरकारले इजरायल लगायत संसारभर बाटै अबैधरुपमा भईरहेको हुण्डी कारोबार तुरुन्त रोक्न पर्ने , प्रवासी नेपाली कामदारले प्रत्येक दुई बर्षमा अनिवार्य रुपमा गर्नु पर्ने पुन: श्रम स्वीकृति र बैदेशिक रोजगारमा रहेकाहरुको स्वास्थ्य बिमा बापत भुक्तानी सम्बन्धित देशमा रहेको नेपाली राजदुतावासमा गर्न पाउने व्यवस्था मिलाउनु पर्ने,जेल सजाय भोकीरहेकाहरुको सवालमा सत्यतथ्य बुझ्नुपर्ने, जघंन रोगी बिमारीहरुलाई नेपाल सरकारले उपचारको लागि आर्थिक सहयोग गर्नुपर्ने, इजरायलमा नेपाली कामदारको लागि बन्द भएको भिषा यथासिघ्र खोल्न पहल गर्नुपर्ने,प्रवासी नेपालीहरुलाई लगानीको बातवरण र सुरक्षित व्यवस्था मिलाउनुपर्ने , केयरगिभरमा अनुभवी कामदारलाई अन्य मुलुकमा रोजगारीको लागि पुन:स्थापन गर्न सुझाब तथा जानकारी दिनु भएको थियो |

कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष दिपक वली , नेपाली जनसम्पर्क समिति इजरायलका सभापति दिपेन्द्र थापा,प्रवासी नेपाली मन्च इजरायलका अध्यक्ष तिर्थ गौतम,अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति पार्टी)का संयोजक बी बी लामा तामाङ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष निर्मला गुरुङ लगायत कार्यक्रममा सहभागीहरुले आ-आफ्नो तर्फबाट माननीय मन्त्रि बुढाथोकीलाई सुझाब एवं जानकारी दिएर ध्यानकर्षण गरेका थिए |

भेटघाट तथा छलफल कार्यक्रममा नेपाली राजदुतावास इजरायलका प्रथम सचिव हरिहर कान्त पौडेलले इजरायलमा धेरै समस्याहरु नभएतापनि दुतावासले गर्नुपर्ने र दिनुपर्ने सेवाहरु नेपाली समुदायलाई सहज रुपमा उपलब्ध गरी रहेको जानकारी दिनु हुदै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरुमा पहल भईरहेको जानकारी दिनु भएको थियो |

सहभागीहरु सबैको सुझाबहरु सुनेपछि माननीय मन्त्रि केशब कुमार बुढाथोकीले इजरायल सरकार संग सम्बन्धित बुँदाहरु इजरायल सरकारको मन्त्रिस्तरमा समय अभावको कारण भेटघाट कार्यक्रम नरहेपनि इजरायल सरकारको प्रतिनिधि माझ भेटघाट र छलफल मार्फत आएका सुझावहरु र नेपाल सरकारबाट पनि कुटनीतिक सम्बन्धको बारेमा केहि सुझाबहरु लिएर आउनुभएकोमा भेटमा सबै कुराहरु राख्ने जानकारी दिनु भएको थियो |

एकअर्को प्रसंगमा नेपालीहरु क्रमश घट्दै जाने र नयाँ भिषा पनि नखुल्ने भए इजरायलमा नेपाल सरकारको राजदुतावासलाई निरन्तरता दिनुपर्ने/राख्नुपर्ने हो कि होइन , कन्सुलर मात्रा राख्दा हुने हो कि ? सोचनीय बिषय बनेको बताउनु भएको थियो | हाल इजरायलमा करिब तीन हजारको हारहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ |

(फोटो:गणेश गौतम सगर)

1

8

2

3

6

7






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution