नेपाली जनसम्पर्क समिति इजरायलको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा दिपेन्द्र थापा

तेलअविव : नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति इजरायलको पहिलो एतिहासिक अधिवेशन ३० सिसेम्बर २०१६ (शुक्रबार) साँझ तेलअविवमा भव्यताको साथ सम्पन्न गरेको छ ।
समितिका सभापति दिपेन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका सामान्य प्रशासन माननीय मन्त्रि केशव कुमार बुढाथोकी , बिशेष अतिथिमा नेपाली राजदुताबास इजरायलका प्रथम सचिव हरिहर कान्त पौडेल र नेपाली कांग्रेस किर्तिपुर नगर विकास समितिका सभापति तथा युवा नेता कृष्णमान डंगोल रहनु भएको थियो भने अतिथिहरुमा माननीय मन्त्री केशव कुमार बुढाथोकी धर्मपत्नी, सुपुत्री र स्वकिय उप-सचिब तिर्थ खनाल,सहयोगी प्रमोद ढुंगाना,इजरायल स्थित राजनीतिक, सामाजिक, जातीय र धार्मिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको साथमा नेपाली कांग्रेसप्रति आस्थावान नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि माननीय मन्त्रि केशव कुमार बुढाथोकीले पानसमा बत्ति बालि नेपाली जनसम्पर्क समिति इजरायलको पहिलो एतिहासिक अधिवेशन समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा बरिष्ट सल्लाहाकार सुवास खरेलले सर्वसहमतिले चयन भएका कार्यसमितिको नामावली प्रस्तुत गर्दै शुभकामना मन्तव्य दिनु भएको थियो । जसअनुसार नेपाली जनसम्पर्क समितिको पहिलोअधिबेसनबाट चयन भएका कार्यसमितीका पदाधिकारीहरुको नामावलीहरुमा सभापति – दिपेन्द्र थापा,वरिष्ठ उपसभापति डम्बर गुरुङ ,प्रथम उपसभापति दिपिका भुषाल, द्धितिय उपसभापति राजेन्द्र खनाल, तृतिय उपसभापति महामन्त्री नितु कार्की,महामन्त्री अर्जुन पौडेल, महामन्त्री उषा भुषाल,सह-महामन्त्री गौरिमाया सुवेदी, कोषाध्यक्ष देबि खरेल पान्डे,सह- कोषाध्यक्ष सुर्या राना, प्रबक्ता राज छत्कुली,महिला बिभाग प्रमुख इन्दिरा सुवेदी, संगठन बिभाग प्रमुख भक्ती सापकोटा,बिदेश बिभाग प्रमुख सुजता गौतम, सांस्कृतिक बिभाग प्रमुख मुना अधिकारी,सदस्यहरुमा सुबाश खरेल सुबु ,खुसी गुरुङ, माया खनाल,मिनु शर्मा पान्डे,किर्तिनिधी भट्टराई,सुरेन गुरुङ,गान्धारी मिश्र,तिर्थ नेपाल,ज्योती कोइराला,रेखा खनाल र भगवती देब राज निर्वाचित रहनु भएका छन् |
प्रमुख अतिथि माननीय मन्त्रि श्री केशव कुमार बुढाथोकीले नयाँ कार्यसमितिका निर्वाचित पदाधिकारिलाई प्रमाण पत्र र सल्लाहाकारहरुलाई सम्मान पत्रका साथमा सफल कार्यकालको शुभकामना दिदै कार्यक्रमको समिक्षा सहित घोषणा गर्नु भएको थियो । त्यसै गरि विशेष अतिथि नेपाली राजदुताबास इजरायलका प्रथम सचिव हरिहर कान्त पौडेल र कार्यक्रमका विशेष अतिथि कृष्णमान डंगोलले नयाँ कार्य समितिलाई शुभकामना दिदै आ-आफ्ना विचार राख्नु भएको थियो।
कार्यक्रममा नेपाली संघिय समाज इजरायलका अध्यक्ष सुन्दर सिङ तामाङ, प्रवासी मन्च इजरायलका अध्यक्ष तिर्थ गौतम,अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति नेपाल) का संयोजक बी बी लामा तामाङ, नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष निर्मला गुरुङ र एनआरएन आईसिसी इजरायलका अध्यक्ष दिपक ओलीले कार्यसमितीका निर्वाचित पदाधिकारीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए |