ज्या ल्होछारको अवसरमा चौथो तामाङ कविता प्रतियोगिता हुने

सन्चु ब्लोन , याम्बु | २८५३ औं सोनाम ज्याल्होछारको अवसरमा चौथो तामाङ कविता प्रतियोगिता हुने भएको छ ।
नेपाल तामाङ घेदुङको भाषा तथा साहित्य विभाग र विभिन्न साहित्यीक संघसंस्थाहरुको संयुक्त छलफलले माघ १२ गते बुधबार कविता प्रतियोगिता गर्ने निर्णय गरिएको छ । कविता प्रतियोगितामा भाग लिने कविहरुले यहि माघ ३ गते सम्ममा रचना दिनुपर्नेछ । कविताको शिर्षक ताम्सालिङ तोकिएको छ । १५० शब्दमा नबढाई टाइप गरी कविता उपलब्ध गराउनुपर्नेछ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सन्त्वनालाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिनेछ ।
आयोजक :
नेपाल तामाङ घेदुङ, भाषा तथा साहित्य विभाग
तामाङ डाजाङ
सेमलेङ न्हान, भक्तपुर
नाङसल क्लब नेपाल
तामाङ स्रस्टा समाज
र प्राङबोला छार न्हान सिन्धुली