नेपाल तामाङ घेदुङ इजरायल द्वारा हार्दिक निमन्त्रणा !

नेपाल तामाङ घेदुङ इजरायलद्वारा तामाङ जातिको धार्मिक /सांस्कृतिक राष्ट्रिय महान चाड मन्जु श्री सम्बत २८५३ सोनम ल्होछार नामे (झ्या ल्हो) चरा बर्गको मंगलमय सुखद पावन अवसरमा तामाङ जातीको मौलिक भाषा ,धर्म- संस्कृति,कला -साहित्य ,लिपि , चाड पर्ब ,भेषभूषा, परम्पराहरुको संरक्षण , सम्वर्द्धन र विकासको उदेश्य लिएर आउँदो ३ फेब्रुअरी २०१७ (शुक्रबार)को दिन ल्होछार साँझ – २०७३ सांस्कृतिक कार्यक्रम भब्यताको साथ आयोजना गर्न गईरहेको छौ | ल्होछार साँझ -२०७३ सांस्कृतिक कार्यक्रमलाई भब्यतापुर्बक मनाउन र अतिथि महानुभावहरुलाई भरपूर मनोरंजन प्रदान गर्नको निमित्त तामाङ चर्चित लोकप्रिय गायक बिशाल कल्तान तामाङ हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी नेपालबाट पाल्नु हुदै आफ्नु बेजोड़ प्रस्तुति दिनु हुनेछ भने स्थानीय प्रतिभाशाली कलाकारहरुले धमाकेदार सांगीतिक कोशेलीहरुबाट दर्शक अतिथि महानुभावहरुलाई थप मनोरंजन प्रदान गर्नु हुनेछ I सांगीतिक प्रस्तुति सँगै रात्री भोज(नेपाली स्वादिष्ट परिकार)को ब्यबस्ता रहेको हुदा इजरायलबासी तामाङ ज्योज्यो -आले, नाना-आङाहरुलाई तामाङ जातीको मौलिक पहिचान झल्काउने भेषभूषा,गरगहनामा सु-सज्जितका साथै इजरायलवासी नेपालीदाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दै आफ्नु गरिमामय उपस्तिथि द्वारा ल्होछार साँझ सांस्कृतिक कार्यक्रमको शोभा र रौनकता बढ़ाई भब्यतापुर्बक सफल र सम्पन्न गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौं | ल्होछार सांस्कृतिक कार्यक्रमको अन्तमा चर्चित डिजे बिपिन तामाङले आफ्नो तर्फबाट थप डिजे धमाका मनोरन्जनको ब्यबस्था रहेको पनि यहाँहरु सबैमा जानकारी | थुजेछे / धन्यवाद !
कार्यक्रम:
मिति:२०१७/२/३ (शुक्रबार )
स्थान:याद खरुचिम -१५ तेलअभिव
समय:ठिक ७ बजे साँझ
थप जानकारीको लागि सम्पर्क नम्बर
कल्पना मोक्तान तामाङ-०५२२१६९३७३
दीप्मा तामाङ-०५४४३६४५२२
नानीमाया योन्जन तामाङ-०५८५३६४६५५
अनिता तामाङ-०५४३०२१५७४
छिरिंग रुम्बा तामाङ-०५४६२५१२७५
शरीन तामाङ-०५८४८११८६४
सीता घिसिंग तामाङ-०५४६१९०७६८
सुकु स्याङबो तामाङ-०५४३५५४६८१
बिमला तामाङ-०५२२४७५०१८
रोजी मोक्तान तामाङ-०५४३९०५४६८
-गोमा ख्युङ्वा तामाङ ( शरिन )
महासचिव
नेपाल तामाङ घेदुङ इजरायल