हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

अधिबेसन उद्घाटनको लागि सामान्य प्रशासन मन्त्रि केशबकुमार बुढाथोकी इजरायल आईपुगे

13

तेलअविव,२९ डिसेम्बर |नेपाली कांग्रेस पार्टीको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति इजरायलको ऐतिहासिक प्रथम अधिबेसन ३० डिसेम्बर २०१६ शुक्रबार हुने  उद्घाटन समारोहको लागि नेपालबाट  प्रमुख अथितिको रुपमा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा नेपाल सरकारका सामान्य प्रशासन मन्त्रि केशबकुमार बुढाथोकी आफ्नु धर्मपत्नी गीतादेवी बुढाथोकी , छोरी ममता खत्री र नेपाली कांग्रेसका युवा नेता तथा कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डंगोल बुधबार बेलुका करिब ११ बजे तेलअविव इजरायल आईपुग्नु भएको छ |

वहाँलाई स्वागत गर्नको लागि  जनसम्पर्क समिति इजरायलका सभापति दीपेन्द्र थापा लगायतका पदाधिकारीहरु बेन्गुरिएन एयरपोर्ट पुग्नु भएको थियो | भोलि साँझ ४ बजे देखि सुरु हुने समारोहलाई मन्त्रि बुढाथोकी लगायत कांग्रेसका युवा नेता तथा कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डंगोलले सम्बोधन गर्ने र  इजरायल भ्रमणमा रहदा मन्त्रि बुढाथोकीले इजरायल सरकारका उच्च पदाधिकारीहरु संग उच्चस्तरीय राजनैतिक भेटघाट गर्ने  समितिका सभापति दीपेन्द्र थापाले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |

मन्त्रि बुढाथोकी जनवरी ४ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ | तेलअविव स्थिति नेपाली राजदुतावासले मन्त्रीको सम्मानमा ३१ डिसेम्बर (शनिबार) एक कार्यक्रम राखेको जानकारी पनि सभापति थापाले  दिनु भएको छ |

कार्यक्रम

मिति – ३० डिसेम्बर २०१६

स्थान – रिडीम क्रिश्चियन चर्च अफ गड , हार्चियोन ३ ,तेलअविव ,इजरायल
समय – बेलुकी ४ बजे देखि ११ बजे सम्म |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution