हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नेवा छेंमा मनछुने चित्र प्रदर्शन: तरंग

capture1

पुस १४, २०७३- रंगको तरंग कलाकारको विचारमा भर पर्छ । कुन बेग, कुन सौन्दर्य र कस्तो भावमा लैजाने ? पाँच युवा कलाकारले रंगको आ–आफ्नै तरंग क्यानभासमा प्रस्तुत गरेका छन् । कृष्णगोपाल श्रेष्ठ, सन्ध्या सिलवाल, सरिता डंगोल, सञ्जित महर्जन र सत्यशिला कसजूको सामूहिक कला प्रदर्शनी बुधबारबाट सुरु भएको छ । ललितपुरस्थित नेवा छेँ ग्यालरीमा उनीहरूले ‘तरंग’ शीर्षकमा मनछुने चित्र प्रदर्शन गरेका हुन् । यही प्रदर्शनीलाई उनीहरूले भारतको बेङ्लोरमा समेत गर्ने भएका छन् ।

भिन्नभिन्नै शीर्षक राखेर उनीहरूले बनाएको चित्रमा विविधता झल्किन्छ । कृष्णगोपालको कलाको मुख्य थिम सम्पदा हो । उनका चित्रमा सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने भाव प्रकट गर्छ । तर, भूकम्पछि भने सम्पदा झनै जीर्ण बन्दै छन् । सरकारी निकाय पुन:निर्माणमा अझै सक्रिय हुन सकेको छैन । भौतिक सम्पदाको पुन: निर्माणजस्तो गम्भीर विषय उठाएर कान्तिपुरकर्मी कृष्णगोपालले सम्बन्धित पक्षलाई समेत झक्झकाउन खोजेका छन् । उनका सिर्जना हेर्दा रचनात्मक त छ नै समसामयिकता पनि झल्किन्छ । भूकम्पले भत्काएको भवनबीच घन्टी झुन्डयाएको आकृति कोरेर उनले अर्थपूर्ण भाव प्रकट गरेका छन् ।

सरिता क्यानभाससँगै घरको काम पनि सम्हाल्छिन् । उनले भान्सामा थुप्रै तरकारीसँग खेलेकी छन्, जुन पकाउन नपाउँदै कहिलेकाहीं सुकेर जान्छन् । तीमध्ये उनले सुकेको खुर्सानी मस्तिष्कमा बसालिन् । त्यसलाई मान्छेको उमेरसँग तुलना गर्दै चित्र कोरिन् । ‘वनस्पतिले पनि केही न केही इंगित गरिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैलाई क्यानभासमा उतारें ।’ संजितले ‘डार्क डे’ थिममा चित्र कोरेका छन् । उनले पनि भूकम्प, पृथ्वी र मानव बस्तीको सम्बन्ध सिर्जनामार्फत प्रस्ट पार्ने प्रयास गरेका छन् । उल्टिएका घर, अँध्यारोमा रुमलिएको पृथ्वीजस्ता आकृतिले कलाकारको मनमस्तिष्कबाट भूकम्पको कम्प अझै गएको छैन भन्ने संकेत गर्छ ।

सन्ध्याको चित्र ‘एक्जिस्टेन्स’ (अस्तित्व) थिममा आधारित छ । उनले अंकुर हाल्दै गरेको बिरुवामा सम्पूर्ण जीवनचक्र झल्काएकी छन् । ठूलो क्यानभासमा सानो अंकुर आकृतिले जन्मिनुको महत्त्व दर्साउन मद्दत गरेको छ ।

सत्यशिलाको चित्र विभिन्न थिममा छन् । ‘टाइम फर न्यु होप’ चित्रमा सत्यशिलाले भूकम्पकै विषय उठाएकी छन् । जीर्ण जमिनबीच बिरुवा पलाएको आकृति देखाएर उनले समयसँगै परिवर्तन आउँछ भन्ने भाव चित्रमा झल्काएकी हुन् । सकारात्मक सोचको पनि यो अब्बल नमुना हो । प्रदर्शनी पुस २६ सम्म जारी रहनेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution