प्रमुख तीन दल मिल्नुको विकल्प छैन – परशुराम तामाङ

पुस १३, काठमाडौ : नयाँ शक्ति पार्टीका नेता परशुराम तामाङले मुुलुकमा देखा परेका समस्या समाधानका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।
सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावले देशमा विद्यमान समस्या समाधान गर्न खोजेको भन्दै नेता तामाङले पर्याप्त भने नभएको बताउनुभयो । एबीसी न्यूज टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै उहाँले संविधान संशोधन परिमार्जनसहित अघि बढाउने र निर्वाचन मिति घोषणा गर्ने कुरामा दलहरु सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।
संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुपर्ने बताउँदै नेता तामाङले मधेसी र आदिवासी जनजातिका माग पूरा नभई गरिने निर्वाचन सफल नहुने दावी गर्नुभयो ।
संविधान संशोधनमार्फत मधेसी र आदिवासी जनजातिका माग पूरा गर्न सरकार र विपक्षी दलहरु सहमतिमा आउनुपर्ने पनि उहाँले बताउनुभयो । @ एबिसी टेलिभिजन