हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

महिला साफ च्याम्पियनसिप: नेपाल द्वारा माल्दिभ्स ९-० ले पराजित

f

काठमाडौँ, १३ पुस – सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउने क्रममा सावित्रा एक्लैले पाँच गोल गरेकी थिइन् भने मञ्जलीकुमारी योन्जन, सपना लामा, हीराकुमारी भुजेल र निर्मला विकले एक÷एक गोल गरेका थिए । योन्जनले ५२ औँ, लामाले ६५ औँ, भुजेलले ७४ औँ र विकले ९१ औँ मिनेटमा एक÷एक गोल गरे । नेपालका लागि सावित्राले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् ।

नेपालका लागि सावित्राले १२ औँ, २८ आँै र ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । अट्ठाइसौँ मिनेटमा उनले दीपा राईको पासमा गोल गरेकी थिइन् । त्यसैगरी ३१ औँ मिनेटमा अनिता बस्नेतको प्रहार गोलकिपरको हातमा लागेर फुत्किएपछि सावित्राले त्यसलाई गोलमा परिणत गरेकी थिइन् । त्यसैगरी, सावित्राले नै ५० औँ मिनेटमा चौथो गोल गरेकी थिइन् भने ६३ औँ मिनेटमा पाँचौ गोल गरिन् ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो । उक्त प्रतिस्पर्धामा सवित्राले दोहोरो ह्याट्रिक गरेकी थिइन् ।

खेलको पहिलो हाफमा ३–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा ६ गोल गरेको थियो । पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि ह्याट्रिकसहित पाँच गोल गरिन् ।

आजको जीतसँगै समूह ए मा रहेको नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेपालसँग पराजित माल्दिभ्स ३ अङ्कसहित दोस्रो स्थानमा छ । अब नेपालले शुक्रबार श्रीलङ्कासँग लिगको अन्तिम खेल खेल्नेछ ।

लगातार दोस्रो जित निकालेको नेपाली टोलीले सेमिफाइन यात्रासमेत पक्का गरेको छ ।

नेपाल र माल्दिभ्सको महिला राष्ट्रिय टिम चौथोपल्ट आपसमा प्रतिस्पर्धामा ओर्लिएका हुन् । यसअघि भएका तीनै खेल नेपालले सजिलै जितेको थियो । सन् २०१० मा कक्सबजारमा भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा नेपालले ६–०, कोलम्बोमा २०१२ मा भएको तेस्रो साफमा ५–० र सिलोङमा २०१६ मा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले २–० को जित हात पारेको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution