अन्तराष्ट्रिय नेपाली युवा शक्ति भारत द्वारा खेलाडीलाई स्वागत

नयाँ शक्ति पार्टीका भातृसंगठन अन्तराष्ट्रिय नेपाली युवा शक्ति केन्द्र बिदेश बिभागको भारत कमिटीले नेपालबाट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि भारतको कलकत्ता स्थित बिबेकनन्द रंगशालामा पुगेर स्वागत तथा प्रशिक्षक खेलाडीहरुलाई सम्मान गरेको छ ।
भारतका युवा शक्ति संयोजक माइकल क्षेत्रिको सभापतितत्त्वमा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टी केन्द्रिय सदस्य तथा युवा शक्ति केन्द्रका संयोजक बि बि खराल उपस्थित हुनु भएको थियो । उक्त कार्यक्रमलाई स्वागत तथा सम्बोधन गर्न पुगेका युवा नेता बि बि खरालले खेल जगतमा भएको ब्यापक भ्रष्टाचार, सरकार र राजनितीक दल खेलाडीहरु प्रति कहिले गम्भीर नभएको बताएको थियो | वहाँले सरकार राजनैतिक दलका भ्रष्टाचारका उधोग भएको बताउनु भएको थियो ।
साथै भारतका युवा संयोजक क्षेत्रिले खेलाडीहरुलाई सम्मान गर्न पाउँदा हामी एक्दमै खुसी भएका छौ । हामी खेलाडीहरु प्रति गम्भिर रसंबेदनसिल रहेको बताएका थिए । साथै अन्तमा युवा नेता बि बि खराललाई तेक्वान्दो संघ चितवनले सम्मान पत्र प्रदान समेत गरेको थियो ।