हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

काभ्रेमा अन्तर्राष्ट्रिय बुद्धिस्ट कल्चर सेन्टर निर्माण हुने

budhha_circut

काठमाडौ : काभ्रेमा पाँच अर्ब रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय बुद्धिस्ट कल्चर सेन्टर निर्माण हुने भएको छ। सेन्टर चिनियाँ सहयोगमा निर्माण हुने भएको हो।

चीनको सिचुवान वेन्चेन अफसेट रिकन्स्ट्रक्सन फाउन्डेसन र पर्यटन मन्त्रालयबीच सेन्टर निर्माण गर्ने विषयमा बिहीबार सम्झौता भएको छ।सम्झौताअनुसार बुद्धको जन्मदेखि महापरिनिर्वाणसम्मलाई समेटेर अन्तर्राष्ट्रिय बुद्धिस्ट कल्चर सेन्टर बनाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए।

सेन्टर निर्माण गर्न आवश्यक रकम सबै चिनियाँ पक्षले उपलब्ध गराउने र यो सेन्टर आगामी पाँच वर्षभित्रमा निर्माण गरिसक्ने गरी सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका सहसचिव डन्डुराज घिमिरे र फाउन्डेसनका उपाध्यक्ष याङ च्याङलोनले तीन सय मिलियन आरएमबी (करिब चार अर्ब ८८ करोड) रुपैयाँ लिनदिने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सेन्टर निर्माण गर्न तीन सय ७६ रोपनी जग्गासमेत तय भइसकेको मन्त्रालयको भनाइ छ।यो सेन्टर बनाउन स्थलगत निरीक्षण गरेर आवश्यक प्रक्रिया अगाडि बढाउँदा र काम गर्दै जाँदा थप योजना ल्याएर रकम बढाउनुपरे पनि चिनियाँ पक्षले नै थप लागत बेहोर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ।

पर्यटनमन्त्रीस्तरमा भएको दुईदिने छलफलबाट यो सहमति भएको हो।थानकोट चन्द्रगिरिको चट्टान खोपेर बुद्धको विशाल आकृति निर्माण गर्ने विषयमा पनि बृहत् सम्भाव्यता अध्ययन गरिने भएको छ।

६ महिनाभित्र सम्भाव्यता अध्ययन गर्ने र आकृति बनाउन सम्भव भए निर्माण प्रक्रिया अगाडि बढाउने जानकारी सचिव थपलियाले दिए।नेपालमा बुद्ध र बुद्धसँग सम्बन्धित पक्षको प्रवद्र्धन गर्न बुद्ध सर्किट निर्माण गर्ने विषय पनि अगाडि बढिरहेको छ। यो सर्किटमा यो कल्चर सेन्टरलाई पनि जोड्न सकिने मन्त्रालयको बुझाइ छ। @ अन्नपूर्ण पोष्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution