सौगात मल्ल र कमली वाइवा तामाङको अष्ट्रेलिया रेड कार्पेट यात्रा

मेलवर्न । नेपालका चर्चित अभिनेता सौगात मल्ल र नायिका कमली वाइवाले जनवरी दोस्रो सातादेखि अष्ट्रेलिया यात्रा थाल्दैछन् । सौगात र कमलीको पहिलो अष्ट्रेलिया यात्रालाई अर्थपूर्ण बनाउन उनीहरुले आफ्नो नयाँ चलचित्र ‘शब्द’ लिएर आउँदैछन् । यो जोडी मेलवर्न, सिड्नी र ब्रिसबेनमा आयोजित शब्दको रेडकार्पेट सोमा सहभागी बन्ने छ ।
सिड्नीमा जनवरी १३ र १४ मा रेडकार्पेट सो हुने छ भने मेलवर्नमा १५ र १६ तारिखमा आयोजना हुने छ । यस्तै बि्रसबेनमा १७ र १८ तारिखमा शब्दको प्रर्दशन हुनेछ ।
जनवरी १५ तारिखमा यो जोडी मेलवर्न आइपुग्ने छ । १५ तारिख साँझ काल्र्टन रोडस्थित सिनेमा नोभामा शब्दको रेडकार्पेट सो हुने आयोजक स्मार्ट एक्सेस अष्ट्रेलियाका डाइरेक्टर बिभुषण जोसीले जानकारी दिए ।
१६ तारिखमा सौगात र कमलीसँग ‘मिट एण्ड ग्रिट’ कार्यक्रमसमेत राखिएको छ । स्मार्ट एक्सेसका जोसीले दिएको जानकारीअनुसार अहिले नै सिनेमाप्रति दर्शकको निकै चासो देखिएको छ । दुवै सोका २५ प्रतिशत टिकट बिक्रि भइसकेको जोसीले जानकारी दिए ।
स्मार्ट एक्सेसले यसअघि नाइ नभन्नु ल २, कबड्डी, कबड्डी कबड्डी, डि्रम्स, नाइ नभन्नु ल ४, झोला, झोले, जंगे, कोहिनुर लगायतको सिनेमाको सफल प्रर्दशन गरिसकेको छ भने तितो सत्य जिरे खुर्सानी साँझको पनि सफल आयोजना गरिसकेको छ ।
कमेडी र भावनाले भरिपूर्ण यो सिनेमा कलाकारसँगै बसेर हेर्ने अभूतपूर्व अबसर भएकोले धेरैले मन पराउने जोसीले बिश्वास ब्यक्त गरे ।