भैरहवा:शिद्धार्थनगरका घरघरमा बौद्ध झण्ड राख्ने अभियान सुरु

भैरहवा । बाह्य तथा आन्तरिक पर्यटक भैरहवा आउँदा बुद्धको झल्को आउने गराउन शिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु भएको छ ।
भैरहवालाई बुद्धमय नगरी बनाउन पहिलो चरणमा यहाँको व्यवस्थ बजार बैंकरोडका घरघरमा बौद्ध झण्ड राख्ने अभियान मगंलवार देखी सुरु भएको हो । हालसम्म देखिने गरी भैरहवा स्थित बुद्धचोकमा बुद्धमूर्ति र लुम्विनी गेटमा बैदिक सनातन धर्म सेवा समितिले निमार्ण गरेको लुम्विनी गेट बाहेक अरु मूर्ति तथा बुद्धसँग सम्बन्धित अन्य बास्तुकला छैनन् ।
शाक्य मुनी गौतमबुद्धको जन्मस्थल लुम्विनीको प्रवेसद्वारमा रहेको शिद्धार्थ नगरलाई बुद्धमय बनाउने अभियान स्वरुप एउटै रंगका झण्डा र घरमा रंग प्रयोग गर्नेगरी अभियानको थालनी भएको हो । भैरहवा मर्निङ्गवाक गुप्रको अगुवाइमा एक कार्यक्रमकाबीच केही वर्ष भित्रै भैरहवाका मुख्य चोक तथा बजारमा एउटै रगं र बुद्धको झण्डा राख्ने अभियान थालिएको हो ।
शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर नपा ९भैरहवा० रहेपनि प्रवेशद्वारमा बौद्धात्मक झल्किने कुनै क्रियाकलाप नभएको कारण ग्रुपले शहरको प्रत्येक घरघरमा बुद्धको झण्डा लगाउने अभियानको थालनी गरेको अभियानका सयोंजक एवं ग्रुपका उपाध्यक्ष ओमकार गौचनले बताए ।
सिद्धार्थनगर नगरपालिकाले अब नगरमा निर्माण हुने सम्पूर्ण घरमा पहेलो रंग लगाउनु पर्ने निर्णय गरेपश्चात आफूहरुले पनि सहयोग गर्दै घरमा झण्डा लगाउने अभियान सुरु गरेको उनले बताए । ५ वटा निलो, पहलो, रातो, सेतो र कलेजी रंग मिश्रित रंगले बौद्धको झण्डा बनाइएको हुन्छ । उक्त ५ वटा रंगमध्ये निलो भन्नाले बुद्धको कपाल, पहेलोले बुद्धको छाला, रातो बुद्धको रगत, सेतो बुद्धको दाँत र कलेजी बुद्धको कलेजोलाई जनाउने गरी प्रतिकात्मक झण्डा सुरुआती चरणमा भैरहवाको मुख्य बजार बैंकरोडमा राखिएको छ ।
अभियानको सिद्धार्थ नगर पालिकाका कार्यकारी प्रमुख गोपालप्रसाद रेग्मीले संसारमै बुद्धजन्मस्थल भनेर परिचित भैरहवाको महत्व अझै झल्काउनेगरी बुद्धको ध्वजाले प्रमाणित गर्ने विश्वास व्यक्त गरे । भैरहवा क्षेत्रका विभिन्न समामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको उक्त कार्यक्रम पछि बैंकरोडका घर तथा पसलहरुमा बुद्धको झण्डा राखिएको समाचार बार्हखरीमा छ ।