चोर समात्न हेलिकप्टर चार्टर,चोर पक्राउ

सोलुखुम्बु, पुस १२ – सोलुखुम्बुको नाम्चे बजारका व्यवसायीले चोर पक्राउ गर्न लाखांै खर्च गरेर हेलिकप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर झण्डै ८ घण्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्राउ गर्नका लागि व्यवसायी मिलेर हेलिकप्टर चार्टर गरी प्रहरी लिएर चोर भएको ठाउँमा गएको नाम्चेका स्थानीयबासिन्दा लामाकाजी शेर्पाले बताउनुभयो ।
घटना गएको शुक्रवार रातिको हो । चोरले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गरेको थियो । ढोका फुटाएर भित्र पसेपछि सुरक्षा गार्डले थाहा पाएपछि चोर भागेको थियो । सिसि क्यामाराबाट चोरको पहिचान भयो ।
चोरीको प्रयास गर्ने व्यक्ति सोलुखुम्बु तिंलाका सुर्य मगर हुन् । उनी खुम्जुङको दोले स्थित एक होटलमा काम गर्ने पत्ता लागेपछि चोर भाग्ने भएकाले हेलिकप्टर चार्टर गरेर प्रहरी लिएर व्यवसायी दोले पुगेका हुन् । अन्ततः चोरीको प्रयास गर्ने मगरलाई पक्रन सफल भएको यो । इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख तेजनारायण यादवले बताउनुभयो ।
चोरलाई सातेपछि हेलिकप्टर एक विदेशी नागरिक लिन गयो भने प्रहरीले पैदलमार्गबाट चोरलाई आइतबार बेलुका इलाका प्रहरी कार्यालय नाम्चेमा ल्याएको यादवले बताउनुभयो । अहिले उनलाई थप अनुसन्धानका लागि सदरमुकाम पठाइएको छ ।
सुरक्षा प्रहरी मात्र नभई स्थानीय सबैको सरोकारको बिषय भएकोले व्यवसायीले हेलिकोप्टर चार्टर गरिदिएको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताएको समाचार उज्ज्यालोअनलाइनमा छ |