तामाङ जाति राज्यद्वारा उपेक्षित भएको छ – प्रधानमन्त्री दाहाल

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङहरुलाई अधिकार दिन तयार रहेको बताउनुभएको छ । सोमबार ३ नम्बर क्षेत्रीय ताम्सालिङ प्रादेशिक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तोपले भन्दा सहीले ठुलो काम गर्ने तर्क गरेका थिए । उनले भने ‘ल्होछारमा तोप पट्काएर काम छैन्, अधिकार दियो भने काम हुन्छ ।’
तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारमा एक तोप पड्काएर सलाम दिनुपर्ने मागप्रति कटाक्ष गर्दै उनले भने, ‘तोपले काम गर्दैन साथी, सहीले काम गर्छ । तामाङलाई अधिकार दिन म प्रतिबद्ध छु ।’ तोप पड्काउनु ठिक नभएको भन्दै प्रधानमन्त्रीले तोपकै कारण भारतसँग १९५० को असमान सन्धि भएको दाबी गरे ।
प्रधानमन्त्रीले पहिलो प्रादेशिक भेलाको पूर्ण सफलताको कामना गर्दै आदिवासी जनजातिको कार्यक्रम सरकारसँग मिलेर गर्ने प्रतिबद्धतासमेत जनाए । पहिलो संविधानसभामा माओवादी पहिलो पार्टी हुनुमा तामाङकै विशेष भूमिका रहेको र तामाङकै जबरजस्त समर्थनले जनयुद्ध पनि सफल भएको सम्झना प्रधानमन्त्रीले गरेका थिए ।
प्रधानमन्त्रीले पहिलो प्रादेशिक भेलाको पूर्ण सफलताको कामना गर्दै आदिवासी जनजातिको कार्यक्रम सरकारसँग मिलेर गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तामाङ जाति पुरानो राज्यद्वारा उपेक्षित भएको र अहिले पनि अधिकारप्राप्तिका लागि लडिरहेकाले आफु प्रधानमन्त्री वा विपक्षी दलको नेता जुनसुकै हैसियतमा तामाङको हकहितको लागि लडिरहने प्रतिबद्धता जनाए ।
नाराहरु यसप्रकारको थियो :
नेपाल तामाङ घेदुङ– जिन्दवाद
तामाङ एकता – जिन्दवाद
तामाङ घेदुङ एक हौऔँ – एक हाँऔं
तामाङ युवा एक हौऔँ – एक हाँऔं
ताम्सालिङ विरोधि होसियार – होसियार, होसियार
ताम्सालिङ प्रदेश घोषण गर – घोषण गर
पहिचान, संघिय संरचना कायम गर– कायम गर..
राष्ट्रिय जनवार गाई खारेज गर – खारेज गर
ताम्सालिङ बिनाको संविधान मान्दैनौं – मान्दैनौं
समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर–सुनिश्चित गर
आई एल ओ १६९ कार्यान्वयन गर– कार्यान्वयन गर
सरकार र ताम्सालिङ संघर्ष समिति बीचको सहमती कार्यान्वयन गर– कार्यान्वयन गर
यी नाराहरु लगाएर भृकुटीमण्डप हुदै सहिदगेट–आरएनएसी–जमल प्रज्ञाभवन कमलदीमा पुगेर बृहत र्याली समाप्त भएको थियो । र्यालीमा विभिन्न भाषिक संघसंस्था तामाङ डाजाङ, तामाङ सेमलेङ न्हान, नाङसाल क्लब नेपाल लगायतका आफ्नो ब्यानरमा डम्फु टुङ्नामा सहभागी थियो । र्यालीमा घेदुङकै साँस्कृतिक विभागका साँस्कृतिक टोली, तामाङ कलाकार संघ, विभिन्न जिल्लाका घेदुङका समितिहरु, विद्यार्थी घेदुङ, महिला घेदुङ, युवा घेदुङ लगायतका संस्थाहरुको ब्यानरसहित सहभागी थियो । भेलाको कार्यक्रममा तामाङ कलाकारहरुले गीतहरु प्रस्तुत पनि गरेको थियो ।
प्रादेशिक भेला उद्घाटन शत्र सकिएपछि बेलुकी ६ बजेबाट बन्दशत्र तथा प्रशिक्षण कार्यक्रम भएको थियो । @ एभरेस्ट टाइम डटकम