के तपाई मादक पदार्थ सेवन गर्नुहुन्छ ? यसबाट हुने ठुलो पाप बारे थाह पाउनुहोस् …

भगवान बुद्धले हामी संसारिक प्राणीहरुको लागि दिनु भएको एउटा महत्वपूर्ण उपदेश हो पण्चशिल।
क) हत्य हिंसा नगर्नु।
ख) चोरी नगर्नु।
ग) झुठो नबोल्नु।
घ) व्यभिचार नगर्नु।
ङ) मादक पदार्थ सेवन नगर्नु।
यी पाँच मध्ये कुनै एक काम गरे पनि ठुलो पाप लाग्ने छ। त्यसैले म आज यी पाँच मध्ये मादक पदार्थको सेवन गर्दा कसरी पाप लाग्छ भन्नेबारे कुरा अलिकति भन्न चाहान्छु।
बुद्ध भगवानले मादक पदार्थमा धेरै ठुलो पाप साथै ५ ओटा जन्तुको गुण मिसिएको हुन्छ भन्नु भएको छ।
धेरै ठुलो पाप कसरी भने:-
उहिले एकजना धनी परिवार जजमानको घरमा एकजना भिक्षु ब्रहामनले पुजा गरेको बेला त्यस घरमा एउटी अति सुन्दरी छोरी थियो । ती सुन्दरीले भिक्षुलाई मन पराएछ र विवाहको लागि प्रस्ताव राखेछ । अनि भिक्षुले अस्वीकार गरेछ | म शिला लिएको भिक्षु हो मैले विवाह गर्नु हुदैन भनेछ र अस्विकार गर्दा पनि ती सुन्दरीले मानेन रहेछ। अनि त्यसो भए म तीन सर्त राख्छु त्यो तपाईंले मान्नु पर्छ भनेछ। ति भिक्षुले के सर्त भनन त भनेछ। अनि ती सुन्दरीले भिक्षुको अगाडी एउटा खसी, एक भाँडो छ्याङ र उ आफै बसेछ अनि भनेछ। कि यो खसी काट्नु पर्छ, कि यो छ्याङ पिउनु पर्छ। कि त मलाई बिहे गर्नुपर्छ भनेछ। तर यो तीन मध्ये एउटा चाहिँ गर्नु नै पर्छ। यदि कुनै एक नगरेमा म आत्मा हत्या गर्छु भन्दा भिक्षुले धेरै बेर सोचेछ। यो तीन वटै जे गरेनि पाप छ शिला भंग हुन्छ। अब के गरौ भनी सोच्दा यो तीन वटामा छ्याङ पिउछु यसमा पाप अलि कम्ती हुन्छ होला भनेर सोचेछ। अनि छ्याङ पिएछ, पिएपछि मातेर दिमाग सबै घुमेर र फेरि पनि छ्याङ मागेर पिएछ। धेरै मातेपछि विभिन्न किसिमका नराम्रो सोचहरु रिस, राग, इष्या , डाहा र घमण्डहरु उत्पन्न भएछ। अनि खसी पनि काटेछ, सुन्दरी संग बिहे पनि गरेको कथन छ।
अन्तम छ्याङ रक्सिले गर्दा सबै गरेको ठुलो पाप भोग्नु पर्यो। यदि छ्याङ नपिएर अरु रोजेको भए सायद कुनै एउटा मात्रै पाप भोग्नु पर्थ्यो होला तर रक्सिले गर्दा सबै तीन वटा ठुलो पाप नै भोग्नु परेको कथन छ।
पाँच वटा जन्तुको गुण:-
उहिले भगवान बुद्धले आफ्नो चेलाहरूलाई ज्ञानको शिक्षा दिदै गर्दा एक जना मान्छे रक्सी धेरै पिएर मातेर लड्दै बड्दै त्यहाँ आएछ । नाना थरीका गालीहरु दिनु थालेछ र वहाँको एक जना चेलाले किन यस्तो भएको भनेर सोधेछ | अनि बुद्धले भन्नु भयो – यो मान्छेले रक्सी पिएर आएको छ केही नभन्नु भन्नु भयो । यति बेला यो मान्छेलाई पाँच वटा जन्तुको गुणको असर परेको छ भन्नू भएछ र पाँच ओटा जन्तुको गुण के र कसरी भनेर सोध्नु हुँदा बुद्धले भन्नु भएछ।
पाँच जन्तु हुन्:- बाघ, चरा, कुकुर, सुंगुर र सर्प हो ।
किन की जब मान्छेले मादक पदार्थ पिउछ पिएपछि बाघ जस्तै हुनु थाल्छ ङ्व़ाररर ङ्वाररर गरेर घरमा गएर बूढीलाई, बालबच्चालाई सबै परिवारलाई पिट्नु थाल्छ, यो बाघको गुण हो।
जब मान्छे मातिन्छ अनि बास बस्नु लागेको चराहरु जस्तो च्याउ च्याउ कराउनु गर्नु थाल्छ सबैलाई दिक्क हुने गरी यो चराको गुण हो।
जब मान्छे मातिन्छ कुकुर जस्तै भुक्नु थाल्छ घाँऊघाँऊ घर थर्किने गरी अनि दिशापिसाप कुहिएको चीज के हो केही थाहा हुदैन | सबै खान्छ र चलाए टोक्नु आउछ यो कुकुरको गुण हो।
जब मान्छे मातिन्छ जताततै हिलो मैलो दिशपिसाप पानी झारी केही थाहा हुदैन सुंगुर जस्तै हिलोतिर सुती हिड्छ यो सुंगुरको गुण हो।
जब मान्छे मातिन्छ हेर्दा सिधा देखिन्छ तर हिड्दा बाङ्कोटीङ्को वल्लोपल्लो भित्ता गरी हिड्छ अनि चलाए निहुँ खोज्नु आउंछ , सर्प जस्तै हेर्दा सीधा देखिन्छ हिड्दा काङ्लङ् कुङ्लीङ् गरी हिंड्छ, चलाए भने ठुङ्नु आउंछ। यो सर्पको गुण हो भनिएको छ।
त्यसैले मादकपदार्थ नपिएकै राम्रो हो। पिए पनि लिमिट तरिकाले पिउनुपर्छ। लिमिटले पिएमा औषधि पनि हुनेछ। धेरै पिए पछि धार्मिक हिसाबले पनि पाप नै छ भने बैज्ञानिक हिसाबले पनि हाम्रो शरीरमा हानी पुराउनुको साथै आयु पनि घटाउछ। रक्सी पिउने पैसाले घर परिवारमा छाक टार्न सकिन्छ। बाल बच्चालाई शिक्षा दिने सामाग्रीहरु किन्न सकिन्छ। आफ्नो इज्जत पनि हुन्छ। भएको धन सम्पत्तिको पनि नाश भई धनीबाट कंगाल बनाउछ। मादक सेवनले आफु लगायत अरु छरछिमेक साथै संसारलाई नै नोक्सान पुराउछ। आफू तीन दुर्गन्धित लोकमा जन्म लिएर ठुलो पाप भोग्नु पर्नेछ। त्यसैले मादक पदार्थ आजैबाट त्याग्ने कोशिस गरौ र तीन दुर्गन्धितको दुखबाट मुक्त हौं। सर्वमंगलम ।।।
लामा थुप्तेन योन्जन तामाङ
हाल – इजरायल