नयाँ शक्ति नेपालको प्रबास प्रादेशिक परिषदको बैठक सम्पन्न,महत्वपुर्ण एजेन्डाहरुमा छलफल

इन्द्रराज भट्टराई – काठमाण्डौ | नयाँ शक्ति पार्टी नेपालको प्रबास प्रादेशिक परिषदको सचिवालय बैठक हिजो पौष ९ गते र प्रबास प्रादेशिक परिषदको पूर्ण अनलाइन बैठक आज पौष १० गते परिषदका संयोजक नवराज सुवेदीको अध्यक्षतामा परिषदको कार्यालय सातदोबाटो ललितपुरमा बस्यो । सचिवालय बैठकमा कार्यालयको तर्फबाट सहसंयोजक शंकर भण्डारी, सूचना तथा प्रचार प्रसार बिभाग संयोजक इन्द्रराज भट्टराई, कार्यालय सदस्य रत्नेश्वर शर्मा, मलेशियाका संयोजक भानुभक्त देबकोटा, कार्यालय सचिव पवन न्यौपानेको उपस्थिति रहेको एबं भारतबाट नीति अध्ययन अनुसन्धान बिभाग संयोजक मानुषी यमी भट्टराई पनि बैठकमा रहनुभएको र आ-आफ्ना धारणाहरू राख्नुभएको थियो ।
उक्त बैठकमा अन्तरराष्ट्रिय नेपाली समाजको प्रतिनिधित्व गर्दै पोर्चुगलका संयोजक डीएस शेर्पा, कोरियाका संयोजक हेमन्त पुन, इजरायलका संयोजक बी बी लामा तामाङ, डेनमार्कका संयोजक इश्वर पाण्डे, युएईबाट संयोजक उत्तम अधिकारी र सीपी सापकोटा, कुवेतका संयोजक नारायण पोखरेल, कतारका संयोजक वीवी खराल रोशन, युकेका संयोजक भोला खनाल र सहसंयोजक कर्मा पहाडी, बहराइनका संयोजक दुक्पा लामा, भारतका संयोजक मोहन राउत र प्रेम न्यौपाने, साउदीका संयोजक रमेश लाम्गडे, मलेशियाका सहसंयोजक नर सुनार लगायतले आ-आफ्ना धारणाहरू राख्नुभएको थियो ।
बैठकमा नेपालमा प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचनका लागि दबाबमुलक कार्यक्रमहरू संचालन गर्ने एबं हस्ताक्षर संकलन अभियान बढाउने एबं नेपालको राजनीतिक परिबेश, सामाजिक र आर्थिक मुद्दाहरू, उत्पादनमुलक काम र रोजगारीका सबालहरू लगायत बिदेशमा रहेका नेपालीहरूका समस्या र मुद्दाहरूलाई अगाडि बढाउने निर्णय गरियो । संगठन निर्माणको सबालमा अझ चुस्त दुरूस्त ढंगले लाग्दै सबै मुलुकहरूमा अधिबेशनको तयारीमा लाग्न अन्तरराष्ट्रिय नेपाली समाजका सबै समितिहरूलाई निर्देशित गर्ने निर्णय गरियो ।