संगठन बिस्तारमा नयाँ शक्ति आक्रमक, भारतको दिल्ली एन.सि.आर. मा युवा कमिटी गठन

ध्रुब क्षेत्री – नेपालमा घरघरमा नयाँ शक्ति अभियान चलाएको नयाँ शक्ति पार्टी नेपालले भारत लगाएत प्रवासमा नेपालीहरुको बसोवास रहेको धरै देशहरुमा आफ्नो अंगिग बिभाग गठनलाई तीब्रता दिएको छ ।
संगठन बिस्तारमा आक्रमक देखिएको नयाँ शक्ति पार्टी नेपालले आज नयाँ शक्ती भारतको दिल्ली एन सि आर. मा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति भारत दिल्ली राज्यको युवा कमिटी गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य नयाँ शक्ति पार्टीको अंगिग बिभाग प्रादेशिक कमिटीका युवा संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका संयोजक बि बि खरालको प्रमुख आथित्य तथा नयाँ शक्ती भारतका संयोजक तथा पार्टी केन्द्रिय सदस्य मोहन राउत , केन्द्रिय सदस्य प्रेम न्युपाने ,दिल्ली राज्यका संयोजक रमेश न्यौपाने, अन्तर्राष्ट्रिय नेपाली समाज भारतका युवा संयोजक माइकल क्षेत्रि सहितको बिशेष उपस्थितिमा उक्त भेला संपन्न भएको हो | भेलाको अध्यक्षता कृष्ण खड्काले गर्नु भएको थियो । भारत को दिल्ली छेत्रमा रहेका युवाहरुको उल्लाषपूर्ण उपस्तिथि रहेको उक्त भेलाले एन सि आर. छेत्रिय संयोजकमा गणेश अधिकारीलाई जिम्मा दिएको छ भने अन्य पदाधिकारी पछि थप्ने गरी २७ सदस्य कार्य समिति गठन गरेको छ |
साथै उक्त भेलामा माओवादी केन्द्रका नेता राजु केसि माओवादी परित्याग गरि नयाँ शक्ति पार्टमा प्रबेश गरेका छन भने विद्यार्थी कमिटीमा राजु भटराईलाई भारतमा अध्यनरत विद्यार्थी संगठनको सचिबमा मनोनित गरिएको छ ।