रुसी सैन्य विमान सोची नजिकैको समुद्र क्षेत्रमा दुर्घटनाग्रस्तअवस्थामा फेला (अपडेट )

काठमाडौं, १० पुस – ९१ यात्रु बोकेको रसियन सैन्य विमान दुर्घटना अवस्थामा फेला परेको छ। रुसको सोची नजिकैको समुद्र क्षेत्रमा विमानको अवशेष फेला परेको रुसी सुरक्षा मन्त्रालयका अधिकारीले जनाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसको सोचीका बाट सिरियाको लटाकिया प्रान्तका लागि उडेको टीयू–१५४ विमान उडेकै केही मिनेटमै बेपत्ता थियो। स्थानीय समय अनुसार बिहान ५स्२० मा उडान भरेको विमान २० मिनेटपछि सम्पर्कबिहीन भएको बताइएको थियो।
रुसको रक्षा मन्त्रालयका अनुसार विमानमा चालक दलका ८ सदस्य सहित ९१ जना सवार छन्। विमानमा सैन्य म्युजिक ब्यान्टका सदस्य र केही पत्रकार पनि सवार रहेको रक्षा मन्त्रालयले जनाएको छ।