‘सेम्की तम’ चलचत्रिको गीत युट्युबबाट सार्वजनिक

काठमाडौं: तामाङ चलचित्र ‘सेम्की तम’ अर्थात् मनको कुराको ‘मेन्दो फोले फार्बा राङ’ गीतको भिडियो सार्वजानिक भएको छ । गायक अमृत लामा र गायिका सशिकला मोक्तानको स्वरमा रहेको गीतमा उर्शी तामाङ र साइली तामाङको अभिनय छ ।
सिन्धुपाल्चोकको भोताङ गाबिसको रमणीय स्थानहरुमा छायाङ्कन गरिएको छ ।
रोशन फ्युबा तामाङले निर्देशन गरेको छ । सुक्क तामाङको कथा लेखन तथा प्रिया तामाङको परीकल्पना रहेको चलचित्रलाई सिङग तामाङले नृत्य निर्देशन गरेका छन्
सेम्की तममा तामाङ् चलचित्रका नायक कुमार मोक्तान लगायत प्रिया तामाङ, गौरी तामाङ, साइली तामाङ, नेत्रे तामाङ्, लाल बहादुर तामाङ, उर्शी तामाङ्, पेमा टशी, दोर्जे तामाङ, अमृत तामाङ लगायतको अभिनय गरेका छन् ।
ल्हाप्साङकार्पो म्युजिक प्रालिले उक्त गीत युट्युब मार्फत सार्बजानिक गरेको हो ।