क्रिसमस र सान्ता क्लजको सम्बन्ध , कसरी प्रख्यात भए ‘सान्ता क्लज’ ?

क्रिसमस आएसँगै एक जना वृद्ध व्यक्तिको तस्वीर पनि सबैतिर छाउँछ । तर, क्रिसमसमा ती व्यक्तिको मात्रै चर्चा किन हुन्छ ? को हुन यी वृद्ध अनुहारका व्यक्ति ? धेरैलाई चासोको विषय हुन सक्छ ।
क्रिशमसका बेला सबैतिर छाउने यी व्यक्ति हुन सान्ता क्लज । यी व्यक्ति कसरी चर्चित भए भन्ने बारेमा एउटा कथा छ ।
उनी एसियाको मार्या (हालको टर्की)का एक पादरी थिए । उनी धेरै नै धनि र दयालु थिए । मानिसहरुलाई दुःख परेको बेला उनले गोप्य रुपमा सहयोग पनि गर्थे ।
उनको गाँउमा एकजना गरिब मानिस थियो । उसका तीनजना छोरीहरु थिए । ति गरिब मानिसले दाइजो दिन नसक्ने भएकोले उसको छोरीहरुको बिहे हुन सकेको थिएन ।
एक दिन सेन्ट निकोलसले कसैले थाहा नपाउने गरी सुनको थैलो ति मानिसको घरको चिम्निबाट खसालीदिए । त्यसरी खसालीको थेली सुकाउनका लागि झुन्ड्याइएको मोजा भित्र पर्यो । सुनको थैलो फेला परेपछि उक्त व्यक्तिले आफ्नी जेठी छोरीको गरिदिए । त्यसैगरी, माइली छोरीको बिहे गर्ने बेलामा पनि सुनको थैलो खस्यो ।
चिम्निबाट कसरी सुन आयो भन्ने पत्ता लगाउन ती व्यक्ति चिम्निको आडमा लुकेर बसे । अन्तिममा निकोलसले सुन खसाल्दिएको पत्ता लगायो । निकोलसले यो कुरा कसैलाई नभन्न ती मानिसलाई आग्रह गरेका थिए । तर, यो कुरा एक कान दुई मैदान भयो । सेन्ट निकोलसको दयाँभावले गर्दा उनलाई सन्त बनाइयो ।
अर्को एक कथा अनुसार उनले टर्किको समुन्द्रीतटमा ठूलो समुन्द्री आँधीबाट फसेका समुन्द्री यात्रीहरुलाई पनि सहयोग गरेका छन् । आँधीले जहाज डुबाउन लागेपछि उनीहरुले सन्त निकोलसलाई सम्झिएर प्राथना गरे । त्यसपछि उनी आफै त्यो जहाजको डेकमा आएर समुन्द्रलाई शान्त हुन आग्रह गरे त्यसपछि आँधी बन्द भयो र जहाजका यात्रुहरु सकुशल उत्रिए भन्ने किंवदन्ती पनि छ ।
सन्त निकोलसलाई त्यसबेलाका सम्राट डाएक्लोटिएनले धेरै नै सताएका थिए । उनलाई मार्या बाट निकाला गरिएको थियो । त्यति मात्रै होइन, उनलाई कैदमा पनि राखिएको थियो । उनको मृत्युको दिन ६ डिसेम्बर थियो तर, सन् ३४५ वा ३५२ भन्नेबारे चाहीँ अझै प्रस्ट भएको छैन ।
उनको हड्डीहरु सन् १०८७ मा टर्किबाट चोरी भएको थियो । ति हड्डीहरु इटालीको बारीमा एक चर्चमा राखिएको छ । सन्त निकोलस दिवसको उपलक्ष्यमा समुन्द्रयात्रीहरुले उनको मुर्ती चर्चबाट बोकेर समुन्द्रसम्म पुर्याउछन् । किनभने उनले समुन्द्रमा आर्शिवाद दिनेछन् र वर्षभरी समुन्द्रयात्रा सुरक्षित हुनेछ भन्ने विश्वास रहिआएको छ ।
सन्त निकोलस कसरी सान्ता क्लज बने ?
१६ औं शताब्दीमा उत्तरी युरोपमा सन्त निकोलसको कथाहरु त्यति लोकप्रिय थिएनन् । तर, कसैले क्रिसमसमा केटाकेटीहरुलाई उपहार दिनेबेलामा विशेषगरी इग्ल्याण्डमा उनको नाम ‘फादर क्रिसमस’ वा ‘ओल्ड म्यान क्रिसमस’ राखियो । फ्रान्समा भने उनी ‘पेरे नोयल’ नामले चिनिए ।
अष्ट्रिया र जमर्नीमा केटाकेटीलाई क्रिसमसमा उपहार दिने ‘क्रिस्टकाइन्ड’ सुनौलो कपाल र पखेटा भएका बालक थिए । जुन भर्खरै जन्मेका जिससको प्रतिक थियो ।
अमेरिकामा उनको नाम ‘क्रिस्टकाइन्ड’ बाट क्रिसकिन्जल भयो तर पछि डच उपनिवेशकहरुले अमेरिकामा सन्त निकोलसको कथाहरु लिएर गए र पछि सन्त निकोलस र क्रिसकिन्जल बाट ‘सिन्तरक्लस’ बन्यो जुन आजकाल ‘सान्ता क्लज’ भनेर चिनिन्छ ।
धेरै देशहरुमा विशेषगरी युरोपमा सन्त निकोलस दिवसको रुपमा डिसेम्बर ६ लाई मानिन्छ । हल्यान्ड र अन्य युरोपियन देशहरुमा बच्चाहरुले डिसेम्बर ५ को रात जुत्ता घर बाहिर छोड्छन् । किनकी, जुत्तामा उपहार भरिएको हुन्छ भन्ने विश्वास रहिआएको छ ।
कसरी प्रख्यात भए ‘सान्ता क्लज’ ?
भिक्टोरियन साहित्यकारहरुले सन्त निकोलसका पुराना कथाहरु फेला पारेर लेख्न थालेपछि ‘सान्ता क्लज’ लोकप्रिय हुँदै गए । उनको बारेमा धेरै कथा, कविताहरु प्रकाशित भएका छन् । पछि विस्तारै युकेको ‘फादर क्रिशमस’ र अमेरिकाको ‘सान्ता क्लज’ उस्तै र एउटै भए ।
क्रिश्चियन कथाअनुसार ‘सान्ता क्लज’ उत्तरी ध्रुवमा बस्ने गर्छन् र उनी आकाशमा रेनडियरले तान्ने स्लेजमा यात्रा गर्छन । उनी क्रिशमसमा राति घरघरमा आँउछन् र चिम्निबाट केटाकेटीहरुको मोजा, झोला, ओच्छ्यान, क्रिशमस ट्रिमा वा अँगेनामा उपहारहरु खसाल्दिन्छन् ।
धेरै केटाकेटीहरुले आफ्नो उपहार क्रिशमस इभको राती वा क्रिशमसको बिहान प्राप्त गर्छन् तर, केही देशहरुमा भने केटाकेटीहरुलाई सन्त निकोलस इभ डिसेम्बर ५ मै उपहार दिइन्छ । धेरै देशमा चाहीँ डिसेम्बर २५ मा नै क्रिसमस डे मनाइन्छ ।
‘सान्ता क्लज’को कपडा
भिक्टोरियन समयमा सान्ता क्लजले रातो, हरियो, निलो, खैरो भुवादार कपडा लगाएको चित्रहरुमा देखिन्छ तर पछि रातो लगाएको धेरै लोकप्रिय भयो ।
सन् १८६३ को हार्पर विक्ली म्यागेजिनमा थोमस नास्टले डिजाइन गरेको सन्त निकोलसको पहिलो चित्र प्रकाशित भयो । त्यसपछि नास्टले २० वर्षसम्म सान्ताको चित्र बनाए र पछि अरु चित्रकारहरुले पनि उनीबाटै प्रभावित भएर त्यस्तै देखिने चित्रहरु बनाए ।
नास्टको चित्रबाट नै सान्ता क्लजले लगाउने अहिलेको रातो र सेतो कपडाको विकास भयो । १९०० देखी १९३० को बिचमा सान्ताको रातो र सेतो पोशाक लगाएको चित्रहरु धेरै नै लोकप्रिय भयो ।