हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

तामाङ समाज युएईद्वारा दुई विद्यालयलाई आर्थिक सहयोग प्रदान

uaee

प्रतीक ङेसुर तामाङ

याम्बु | तामाङ समाज युएईले दुई विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौंमा आज पुस ९ गते आयोजना गरिएको एक समारोहमा समाजले रसुवाको शरमथली ६ मा रहेको श्री दुप्चेश्वरी निम्न माध्यमिक विद्यालय र सिन्धुपाल्चोकको थाङपालकोट –८ मा रहेको सातकन्या प्राथमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो । समाजको सपोर्ट माई स्कुल–एसएमएस (Support My School-SMS) कार्यक्रमअन्तर्गत ती विद्यालयहरूलाई १ लाख ११ हजार १११ रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराइएको हो । समाजले यो कार्यक्रमअन्तर्गत हरेक वर्ष समस्यामा रहेको विद्यालय छनौट गरी ५ वर्षदेखि यस खालको आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

नेपाल तामाङ घेदुङको सभाकक्ष पुतलीसडकमा आयोजना गरिएको कार्यक्रममा घेदुङका अध्यक्ष मोहन गोलेले रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले तामाङ समाजले राजनीतिक, सांस्कृतिक, आर्थिक, शैक्षिक जागरण ल्याउन संस्थाले विभिन्न कार्यक्रमहरू सन्चालन गर्दै आएको चर्चा गर्दै शिक्षा क्षेत्रमा योगदान पु¥याउने हेतुले ‘एसएमएस’ जस्तो नौलो कार्यक्रम सन्चालन गरिरहेको बताए । उनले संस्थामा आवद्ध रहेका सदस्यहरूकै पहल र लगानीमा हरेक वर्ष ‘एसएमएस’ लागि कोष जुटाउने गरेको पनि जानकारी गराए । योग्य, विज्ञ र दक्ष जनशक्ति उत्पादनका लागि अब हरेक क्षेत्रबाट शिक्षामा लगानी र विशेष कार्यक्रम आउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा घेदुङका अध्यक्ष गोलेले शिक्षाकै कारण मात्र भन्दा पनि राजनीतिक चेतनाको अभावले गर्दा तामाङ समुदाय राज्यका सबै निकायमा पछि परेको बताए । उनले घेदुङले राजनीतिक, सांस्कृतिक चेतना जगाउन जागरणमूलक कार्यक्रमहरू सन्चालन गरिरहेको जानकारी गराए ।

कार्यक्रममा तामाङ समाज युएईका संस्थापक अध्यक्ष एवम् अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष छत्र लामाले संस्था स्थापनाको पृष्ठभूमि बताउँदै विगतमा यसले गरेको महŒवपूर्ण कामहरूको बारेमा जानकारी गराएका थिए ।

यसैगरी अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव प्रतीक ङेसुर तामाङ र कलाकार जयनन्द लामाले पनि पनि आ–आफ्ना धारणा राखेका थिए । रकम हस्तान्तरण समारोहमा घेदुङका महासचिव बाबु घिसिङ, तामाङ समाज युएईका संस्थापक सल्लाहकार इन्द्र तामाङ गोले, चाइल्ड स्पेश फाउन्डेशन नेपालका अध्यक्ष टासी लामा, गायक तथा सङ्गीतकार विशाल काल्दान, तामाङ घेदुङ प्रदेश नं. ३ का सचिव अरुण तामाङ र कोषाध्यक्ष शान्ति दोङ, रामेछाप तामाङ समाज काठमाडौंका उपाध्यक्ष कमल योन्जनलगायतको उपस्थिति थियो । श्री दुप्चेश्वरी निमाविका प्रधानाध्यक दावा तामाङ सातकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापक राजु तामाङले प्राप्त सहयोग रकमलाई सही ठाउँमा प्रयोग गर्ने प्रतिवद्धता जनाउँदै समाजलाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

समाजका पूर्व उपाध्यक्ष रविन थिङले सन्चालन गरेको कार्यक्रममा पूर्व सदस्य सुनिल लामालाई यसअघि नै प्रदान गरिने भनिएको “स्टार मेम्बर अफ द एयर २०१६” उपाधिसहितको सम्मानपत्र प्रदान गरिएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution