जात्रा हेर्न गएकी बालिकामाथि सामुहिक बलात्कार

पुस ९ । जात्रा हेर्न गएकी बालिकामाथि सामुहिक रुपमा बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीय बालिकामाथि सामुहिक बलात्कार गरेको भन्दै जाजरकोट झाप्रा १ का २२ वर्षीय पदम महर र सोही गाविस २ का २० वर्षीय विश्व थापालाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार जात्रा हेर्न गएकी बालिकामाथि बलात्कार भएपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए । उजरीका आधारमा पक्राउ गरी नाबालक ,बोल्न नसक्ने र फरक क्षमता भएकी बालिकालाई बलात्कार गरेका कारण उनीहरुमाथि तीनवटा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताएका छन् ।
सामुहिक बलात्कारबाट घाइते भएकी बालिकाको अहिले जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।