आदिवासी जनजाति उपसमुह निर्धारण कार्यदल गठन

नेपाल सरकारको आदिवासी जनजाति उत्थान रास्तृय प्रतिस्ठानले नेपालको बिभिन्न आदिवासी जनजातिहरु भित्र भएका भाषिक र सास्कृतिक विविधता, उनीहरुको बसोबासको सघनतालाई अध्यायन-अनुसन्धान गरि सुझाव पेश गर्नका लागी मेरो सम्योजकत्वमा ७ सदस्यीय “आदिवासी जनजाति उपसमुह निर्धारण कार्यदल” गठन गरेको छ ।
कार्यदलको पदाधिकारीहरुमा संयोजक ज्ञानेन्द्र पुन ,सदस्य सचिवमा रामकुमार मादेन , सदस्यहरुमा डा. तारामणि राई, कुमार ब्लोन तामाङ ,रेशम गुरुङ , मुकुन्द पहरी र बागबिर मुखिया रहेका छन् |
कार्यदलले आदिवासी जनजातिका बिज्ञहरु, सरोकारवाला समुदायहरु र तिनका बिज्ञहरु सङ्ग छलफल परामर्श गरेर सुझाव तयार गर्ने भएको हुनाले सरोकारवाला सबैलाई सहयोगको लागि हार्दिक अनुरोध गरेको छ |