अफ्रिकिया एयरवेजको विमान यसरी अपहरण गरियो , भिडियोमा हेर्नुहोस्…..

पुस ८ – एक सय १८ जना यात्रुसहितको लिबियाली विमान अपहरणमा परेको छ । लिबियाको अफ्रिकिया एयरवेजको एयरबस ए थ्री टु जेरो विमान माल्टामा अवतरण गराइएको हो । माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले विमान अपहरणमा परेको हुनसक्ने बताएका छन् । अपहरणमा परेको विमानको उद्धारको लागि सेना तैनाथ भईसकेको पनि उनले बताएका छन् ।
बीबीसीले जनाए अनुसार विमानमा दुई जना अपहरणकारी रहेको र उनीहरुले बम विस्फोट गर्ने चेतावनी दिएका थिए।
माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलले ट्वीटरमार्फत विमानस्थलमा अनधिकृत गतिविधि भएको र आपतकालिन समूह पठाइएको जनाएको छ ।