हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

भाषा आयोगमा नौ सदस्यीय विज्ञ समूह गठन

पुस ७, २०७३- भाषा आयोगले नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ । समूहमा बैरागी काइँला (तिलविक्रम नेम्बाङ), भाषाशास्त्रीहरू प्रा. योगन्द्रप्रसाद यादव, प्रा. चूडामणि बन्धु, प्रा. नोवलकिशोर राई, प्रा. माधवप्रसाद पोखरेल, प्रा. तेजरत्न कंसाकार, प्रा. जीवेन्द्रदेव गिरी, प्रा. दानराज रेग्मी र प्रा. रुद्रलक्ष्मी श्रेष्ठ छन् ।

आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा सेवा तथा भाषाविज्ञानमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका विज्ञहरूको समूह गठन गरेको जनाए । समूहमा संलग्नमध्ये बैरागी काइँला नेपाल सरकारले २०५० सालमा गठन गरेको ‘राष्ट्रिय भाषा सुझाव आयोगका संयोजक थिए । त्यसैगरी भाषाशास्त्रीद्वय यादव र राई सोही आयोगका सदस्य थिए । प्रा. गिरी नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान सदस्य सचिव हुन् भने रेग्मी त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख हुन् ।

संविधानअनुसार आयोगले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सरकारसमक्ष भाषाको सिफारिस गर्ने, भाषाहरूको संरक्षण, संवद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपाय नेपाल सरकारसमक्ष सिफारिस गर्ने, मातृभाषाको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताबारे सरकारसमक्ष सुझाव पेस गर्ने रहेको छ । उक्त उद्देश्य परिपूर्तिका निम्ति विज्ञ समूहले काम गर्ने आयोगका अध्यक्ष अवस्थीले बताए ।

संविधानको धारा २८७ को उपधारा (१) अनुसार सरकारले गत भदौ २४ गते भाषा आयोग गठन गरेपनि हालसम्म प्रदेशहरूको प्रतिनिधित्व हुने गरी आयोगको सदस्य मनोनयन गर्नसकेको छ । ‘विगतमा भएका भाषा नीति, भाषाहरुको अध्ययन अनुसन्धानहरुको सिंहावलोकन र आयोगले पूर्णता पाएलगत्तै कसरी अघि बढ्ने भन्नेबारे मार्गचित्र निर्माण गर्न विज्ञ समूहबाट सहयोग लिइने छ,’अवस्थीले भने ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution