हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएन–अमेरिकाको पृथ्वी जयन्ती मनाउने निर्णयको चौतर्फि विरोध

nepali

न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिकाले पृथ्वी जयन्ती मनाउने तयारी गरिरहँदा उक्त निर्णयको चौतर्फि विरोध सुरु भएको छ । एनआरएन अमेरिकाको उक्त निर्णयलाई पश्चगमनको पराकाष्ठा भन्दै नेपाली डायस्पोराले पत्रकार सम्मेलन गरी विरोध गरेको हो ।

अमेरिकामा पृथ्वी जयन्ती संस्थागत रुपमा मनाउने निर्णयको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लुईसाङ वाईवा तामाङ, नेपाली संघीय समाज अमेरिकाका अध्यक्ष समीर महर्जन, संघीय लिम्वुवान मञ्च अमेरिकाका अध्यक्ष विरेन्द्रहाङ लाबुंग लिम्बु, मधेशी अराउड दि वल्र्डका अध्यक्ष सतेन्द्र साह र सोलिडारिटी फ्रन्ट डेमोक्रेसी ईन नेपालका संयोजक मणि बाङ्देलले संयुक्त पत्रकार सम्मेलन गरेका हुन् । ‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको पक्षमा हाम्रो प्रतिवद्धता’नारासहित डायस्पोराले एनआरएन, एनसिसि, युएसएको वर्तमान नेतृत्वको घोर विरोध गर्दै यस्तो विवादस्पद राजनीतिक कार्यक्रम आयोजना नगर्न आह्वान गरेको छ ।

उसले युएसएको वर्तमान नेतृत्वले राजनीतिक विषयवस्तुलाई अंगीकार गरेर अमेरिकी नेपालीहरुमाझ एनआरएनप्रतिको साझा विश्वासमा गम्भीर आँच पु¥याएको हु“दा वर्तमान नेतृत्वलाई विधान बमोजिम कारबाही गर्न समेत माग गरेको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेको र नेपाल सरकारले समेत पृथ्वी जयन्तीलाई मनाउन छाडिसकेको अवस्थामा एनआरएन, युएसएको वर्तमान नेतृत्वले यस्तो विवादस्तपद निर्णय गर्नु एनआरएनएको मूल मर्म र मान्यतामाथि कुठाराघात भएको निस्कर्ष निकालेको छ । उसले एनआरएनएको विधानको प्रस्तावनामा उल्लेख भएको ‘स्वतन्त्र, गैर नाफामुलक, गैर–राजनीतिक, गैर–सरकारी स्थायी संस्थाको रुपमा एनआरएनलाई स्मरण गर्दै एनआरएन, युएसको वर्तमान नेतृत्वले निजी स्वार्थबाट अभिप्रेति भई उक्त निर्णय गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘पृथ्वी जयन्ती मनाउने एनआरएनको निर्णय सिंगो अमेरिकी डायस्पोरको दृष्टिमा एनआरएनएको प्रतिष्ठालाई धज्जी उडाउने कुचेष्टा वर्तमान नेतृत्वको दुस्साहस हो ।’ त्यस्तै, अमेरिकी नेपालीहरुको एकतालाई विभाजनतर्फ उन्मुख गराउन खोज्ने वर्तमान नेतृत्वको षड्यन्त्र र कुनियतप्रति घोर आपत्ति जनाउँदै यो निर्णय तुरुन्तै फिर्ता लिएर आम नेपाली डायस्पोरासमक्ष माफी माग्न सचेत गराएको छ । विवादस्पद राजनीतिक निर्णयको विरोधमा डायस्पोराले विज्ञप्ति जारी गरी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष शेष घले, महासचिव डा. बद्री केसी र क्षेत्रीय संयोजक (एनआरएनए उत्तर अमेरिका) सोनाम लामालाई बोधार्थ दिएको छ । @ न्युयोर्क समाचार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution