हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

कालोमोसो दलेपछि कसैलाई नछाड्ने लोकमानको चेतवानी (विज्ञप्ति सहित)

lk

कालोमोसो दलिएको र विज्ञप्ति जारी भएको समयबीच खासै अन्तर नरहेकाले तयारी अवस्थामा रहेको बुझ्न सकिने विज्ञप्तिमा लोकमानले आफूविरुद्ध लाग्नेहरुको शरीरमा बस्त्र बाँकी नराख्ने चेतावनी घुमाउरो भाषामा दिएका छन् ।

सो विज्ञप्तिमा लोकमानले सातवटा गम्भीर प्रश्न तेर्स्याउनुका साथै एघारथरीका व्यक्ति, दल तथा संस्थाविरुद्ध निसाना लगाएका छन् ।

लोकमानका सात प्रश्न:

१. गृष्मयाममा शितलता प्रदान गरेबापत वृक्षले फेदैदेखि ढालिनु पर्ने, अँध्यारोमा प्रज्ज्वलित भएर प्रकाश छरेबापत दियोले फुट्नु पर्ने र फूलको स्याहार/सम्भार तथा संरक्षण गरेबापत मालीले कुटाई खानुपर्ने अवस्था आए कस्तो होला ?

२. विधिको शासन सुदृढ तुल्याउने, जनतामा सुशासनको प्रत्याभूति दिलाउँदै स्वच्छ र जनमुखी प्रशासन बनाउने, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै समृद्ध राष्ट्र निर्माण गर्ने भनी राजनीतिक तहमा भएका प्रतिवद्धता पूरा गर्न अख्तियार प्रमुखको रुपमा हामीले लिएको अठोटमा खोट कहाँनेर भयो ?

३. गैह्रसरकारी संस्थाका नाममा जालसाजीपूर्ण तरिकाले अर्बौँ रुपैयाँ भित्र्याउने र सोही नगदको बलमा जनताबीचको एकता भाँड्ने र राज्यलाई चुनौति दिनेहरुलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउनु मेरो त्रुटी कसरी भयो ?

४. स्वदेशमा आर्जित धन गैह्रकानुनीरुपले विदेशी बैंकमा जम्मा गर्ने र राज्यको प्रचलित कानुनविपरित विदेशमा लगानी गर्नेहरुलाई कानूनबमोजिम कारबाही प्रक्रिया सुरु गरेर मैले के गल्ती गरेँ ?

५. लोकतन्त्रप्रति जनतामा आस्था र भरोसा जगाउन प्रयत्न गर्नु मेरो गल्ति हो ?

६. उपल्लो तहबाट हुने भ्रष्टाचारलाई समेत नियन्त्रण गर्न अख्तियारलाई सक्रिय बनाउनु मेरो गल्ति हो ?

७. मैले मन्त्रीहरुको नियुक्तिमा हस्तक्षेप गरेँ कि ? न्यायाधिश, सचिव, अध्यक्ष, महाप्रबन्धक, सञ्चालक या सरकारले नियुक्त गर्नुपर्ने पदहरुमा आफ्ना कसैलाई चयन गर्न भनेँ या आफैँले नियुक्त गर्न थालेँ कि ? अथवा समानान्तर प्रशासनिक संरचना खडा गरेँ ?

लोकमानका एघार निसाना:

१. राज्यको बजेट बराबरको समानान्तर बजेट अपारदर्शी र मनोमानी ढङ्गबाट परिचालन गर्ने एन.जि.ओ र आइ.एन.जि.ओ.हरु ।

२. सर्वसाधारणलाई ठूला-ठूला सपना देखाई भ्रममा पारेर अर्बौं रुपैयाँ बचत गर्ने सहकारी संस्थाहरु ।

३. सरकारी, अर्धसरकारी निकायहरुमा आफ्नो बाहुल्य र दवाब सिर्जना गरी आफू अनुकुल निर्णय गराउन बाध्य पार्न ट्रेड युनियनका नाममा सक्रिय व्यक्तिहरु ।

४. राज्यलाई ठगी गरी बिलासी जीवन बिताउने व्यक्तिहरु ।

५. सिण्डीकेट र कार्टेलिङ्ग गर्ने व्यवसायी र सस्तो लोकप्रियताका निम्ति पत्रकारिताको आधारभूत मुल्य मान्यताविपरित जस्तोसुकै सामाग्री समाचारका रुपमा प्रकाशित गरी राष्ट्रलाई नै दिग्भ्रमित गर्न खोज्ने केही संचारगृहहरु ।

६. सञ्चार व्यवसायीको आवरणमा रही विभिन्न भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न केही सञ्चारगृहका मालिकहरु ।

७. जनताबाट ठूलो भ्याटबापतको धनराशी उठाई राज्यमा दाखिला नगर्ने राष्ट्रियस्तरका भनिने व्यापारीहरु ।

८. सांसद बनाउनका लागि विभिन्न व्यक्तिहरुबाट करोडौँ रुपैयाँ उठाई सांसद नियुक्त गर्ने गराउने व्यक्तिहरु ।

९. राष्ट्रिय स्वार्थभन्दा एनजिओ र आइएनजियोबाट ठूलो धनराशी लिई तिनीहरुकै स्वार्थका लागि अनेकौँ गैह्र कानूनी माग राखी रहस्यमयी तवरबाट भोकहड्ताल, अनसन गर्ने व्यक्तिहरु ।

१०. मन्त्रालयलाई प्राप्त अधिकारलाई समेत प्रयोग नगरी मन्त्रीपरिषदमा लगेर गराइने नीतिगत बाहेकको अन्य निर्णयमा संलग्न मन्त्रीहरु ।

११. अकुत सम्पत्तिसम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया गरी मुद्दा दायर हुनै लागेका राष्ट्रियस्तरका केही नेताहरु ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution