हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

हेटौँडामा तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाहार’ बिशेष प्रदर्शन हुने ।

mlaang

हेटौंडा : तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाहार’ (कालो अरिंगाल)को हेटौंडामा बिशेष प्रदर्शन हुने भएको छ । हेटौंडाको ॐ चलचित्र हलमा पुस १६ गते शनिबार फिल्मको बिशेष प्रदर्शन गरिने भएको हो ।

मोफसलामा रहेर तामाङ भाषा सम्बन्धी प्रसारण भैरहेको अनलाईन रेडियो, रेडियो तामसालिङ अनलाईनको आयोजनामा तामाङ चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

मकवनपुरमा तामाङ समुदायको बाक्लो बस्ती रहेकोले चलचित्रलाई हेटौंडाको हलमा प्रर्दशन गरे पछी मकवानपुर जिल्लाको गाउ(गाउमा प्रदर्शन गर्ने ग्रेटर तामसालीङ मिडिया प्रालिका प्रबन्ध निर्देशक दिल बहादुर लामाले बताउनु भयो ।

चलचित्रको पहुच नपुगेको तामाङ बस्तिमा तामाङ चलचित्रलाई र्पुयाउने अभियान रहेको र तामाङ समुदायमा आफ्नो भाषा, कला, रितिरिवाजबारे प्रचार हुने र संस्कृति संरक्षणमा मद्दत पुग्ने फिल्मका निर्माता तथा कलाकार बिकु थोकरले बताए ।

सबै स्थानमा प्रदर्शन गरे पछी पहिलो पटक हेटौंडामा तामाङ समुदायको बाक्लो बस्ती रहेको स्थानमा बिशेष प्रदर्शन गरिन लागिएको र यहाँका दर्शकले रुचाउनेमा आशावादि रहेको उनले बताए । चलचित्रको यस अघि सर्ला्हि, ललितपुर, भक्तपुर, काठमाण्डौ, चितवन, बारा, नुवाकोट, ललितपुर लगायतको स्थानमा बिशेष शो सम्पन्न भइसकेको छ ।

थोकर फिल्मसको ब्यानरमा बनेको चलचित्रलाई शंकर महर्जनले निर्देशन गरेका हुन । चलचित्रमा जंगे लोप्चन, सुनिता लुङबा, बिकु थोकर, सफल दोङ, सुष्मा मोक्तान, पदम दोङ सुनिता दोङ, सिर्जना तामाङ लगायत मकवानपुर कलाकार राधिका स्याङ्तान र दल बहादुर स्याङ्तान कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र प्रदर्शनबाट संकलन भएको रकम रेडियो तामसालीङ अनलाईनको स्तर उन्नतिको लागी सहयोग गरिने चलचित्रका निर्मता बिकु थोकरले बताएको छ । @ तामसालिङ खबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution