दोस्रो तामाङ ज्ञान महोत्सव-२०१७ को तयारी

याम्बु – पौष ५ | ज्या (चरा) ल्होछारको अवसरमा माघ १३ र १४ गते “दोस्रो तामाङ ज्ञान महोत्सव-२०१७” बौद्धमा सम्पन्न गर्नका लागि स्थानीय संघसंस्था सहितको सहभागितामा तयारीको लागि बैठक बसेको भाषाविद् अमृत योन्जन तामाङले फेसबुक मार्फत जानकारी दिनु भएको छ |
तामाङ पहिचान झल्किने सांस्कृतिक सम्पदा, तामाङ खाना, भेषभुषा, तामाङ प्रकाशन प्रदर्शनी र विक्री, हेल्थ क्याम्प र रगत दान आदिका लागि एक दर्जन स्टल राख्ने विषयमा छलफल गरेको छ । यसका साथै तामाङ जातिका समसामयिक जल्दो-बल्दो विषयहरु- स्थानीय पुनर्संरचना, किशोर-किशोरीको समस्या, लोकगीत र संगीत, कविता वाचन, प्रतिभा पुरस्कार आदिबारे पनि वैठकमा प्रारम्भिक छलफल भएको थियो।
गत वर्ष तामाङहरुको आफ्नै स्रोत-साधनमा तिने दिने तामाङ ज्ञान महोत्सव सफलतापूर्वक सम्पन्न भएको थियो। यस्ता महोत्सवले तामाङ ज्ञानलाई महत्व दिने गरेको छ।