‘ठ्याक्का तस्याटिम’मा किन फर्कियो प्रकाशको पोङ…….

काठमाडौं : म्हेन्दोमाया गीत संगीतभित्र बर्चश्व बनाएका गायक तथा नायक रोशन फ्युबाले नयाँ म्युजिक भिडियो भर्खरै लोकार्पण गरेका छन् । नुवाकोट, धादिङ, रसुवा र सिन्धुपाल्चोक उत्तरी क्षेत्रमा मौलिक पहिचान बोकेको म्हेन्दोमाया गीत आफैमा साँंस्कृतिक तथा भौगलिक विम्व हुन् ।
यहि विम्वलाई आधार बनाएर म्हेन्दोमायामा प्रभाव छोड्न सफल फ्यूबाले गायीका बिना घले लोप्चनसँग स्वराकनगरी ‘ठ्याक्का तस्याटिम’ म्युजिक भिडियो लोकार्पण गरेका हुन् ।
भिडियोमा तामाङ चलचित्रका नायक कुमार मोक्तानले अभिनय गरेका छन् । मोक्तानको पहिलो पटक म्हेन्दोमाया भिडियोमा अभिनय गरेका छन् । उनलाई सिमा लोप्चन र प्रकाश तामाङले मौलिक अभिनयमा दमदार साथ दिएका छन् ।
भिडियोमा पहिलो पटक नायक मोक्तानले अभिनय गरेका कारण पनि सो भिडियोले थप चर्चा पाएको छ । कथाभित्र एउटै नायिकाले दुई नायक भेटेपछि उनले अन्तमा मोक्तानको पोङ समाउँछिन । प्रकाश भने आफ्नोे पोङ लिएर फर्किन्छ । यही पटकथाका कारण पनि दर्शकले ‘ठ्याक्का तस्याटिम’ मा नयाँ पन पाएको हो ।
आफ्नै शब्द रहेको भिडियोलाई निर्देशन र सम्पादन समेत रोशन फ्युबाले गरेका छन् । मनोज लोप्चनले कोरियोग्राफी गरेका छन् ।