हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

जनजाति महासंघको महाधिवेशनमा चर्को राजनीतिक हस्तक्षेप

kumal

पुस ५, २०७३- चितवनमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनमा चर्को राजनीतिक हस्तक्षेप देखिएको छ । महासंघमा विभिन्न पार्टीप्रति आस्थावान् व्यक्तिहरु रहे पनि नेतृत्व चयनमा दलीय हस्तक्षेप हुन नदिने जनजाति अगुवाहरुको प्रतिबद्धताविपरीत महासंघको महाधिवेशनमा राजनीतिक चलखेल भएको हो । महासंघका संघीय परिषद् सदस्य एवं तारपुरिया कल्याण परिषद् अध्यक्ष नित्यानन्द ताजपुरियाले राजनीति नछिराउने भन्दा पनि त्यसो हुन नसकेको बताए । उनले भने, ‘मुद्दाका लागि सहमति गर्नुपर्ने भएकाले सत्तारुढ दलहरुको गठबन्धन बनाएका हौं ।’ उनका अनुसार सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षीको आ–आफ्नै गठनबन्धन बनेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेलाई जनजाति महासंघको नेतृत्वबाट पाखा लगाउने हिसाबले सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फाेरमसहितको गठबन्धन बनेको छ भने विपक्षमा एमाले समर्थकसहित केही पार्टी छन् । महासंघका पूर्वसचिव समेत रहेका ताजपुरियाका अनुसार सत्तारुढ तर्फको गठबन्धनको झन्डै ३०–४० मत पुग्ने देखिएको छ भने एमाले समर्थकका उम्मेदवारले बढीमा बीस मत पाउने छन् ।

सत्तारुढ दलहरुले आफ्नो तर्फबाट मुख्य पदमा भागबण्डाको आधारमा उम्मेदवार उठाउने निर्णय गरिसकेको ताजपुरियाले जानकारी दिए । कांग्रेसका जगत बराम अध्यक्ष, संघीय समाजवादी फोरमका नित्यानन्द ताजपुरिया महासचिव र माओवादी केन्द्रका मुकुन्द पहरीलाई कोषाध्यक्षको उम्मेदवार बनाउने गठबन्धनले निर्णय गरिसकेको छ । समाजवादीका ताजपुरिया यसअघि अध्यक्षका लागि लड्ने तयारीमा थिए ।

मंगलबार रातिसम्ममा नयाँ नेतृत्व चयन गरिसक्ने महासंघको तयारी छ । अहिले दिउँसो बन्द सत्र फेरि सुरु हुनेछ । बिहानको बन्द सत्रबाट विधान संशोधन प्रस्ताव पारित गरिएको थियो । संशोधित विधानअनुसार महासंघको यसअघि १३ सदस्यीय सचिवालय रहेकोमा अब १९ देखि २१ जनासम्मको हुनेछ । दिउँसोको बन्दसत्रमा महाधिवेशनबाट जारी हुने चितवन घोषणा पत्रको टुंगो र जिल्ला समन्वय परिषद्लाई कसरी केन्द्रमा समेट्ने भन्ने विषयको निचोड निकालिने ताजपुरियाले बताए ।

अध्यक्षका प्रतिस्पर्धीको रुपमा देखिएका सूर्यबहादुर भूजेलले आफूलाई पार्टीको भन्दा जातीय संस्थाको समर्थन रहेकोले जित सुनिश्चित रहेको दाबी गरे । उनले सम्भवत: आज (मंगलबार) रातिसम्ममा नजिता आउने भन्दै आफूलाई कामको मूल्यांकन गरेर भोट दिनेमा ढुक्क रहेको बताए । उनी एमालेनिकटका हुन् । सत्तारुढ दलहरुको तर्फबाट गठबन्धन बनेकोमा त्यसलाई जातीय संस्थाहरुले नस्वीकार्ने भन्दै उनले आफूलाई कुनै दलको समर्थन नचाहेको जिकिर पनि गरे ।

चितवन घोषणा पत्र र जिल्ला समन्वय परिषद्को प्रतिनिधित्वको विषयलाई निष्कर्षमा पुर्‍याएपछि मंगलबार नै निर्वाचनमण्डल गठन गरेर मतदानमा जाने तयारी छ । सूचिकृत ५९ जातीय संस्थामध्ये ५६ जातिका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । जुन उम्मेदवारले २९ भोट कटाउन सक्छ त्यो नै महासंघको अध्यक्षमा निर्वाचित हुने व्यवस्था छ ।

तीनदिनका लागि ताेकिएकाे महाधिवेशन दलीय भागबण्डा र विवादका कारणले लम्बिएको छ । पुस २ गते चितवनमा सुरु भएको महासंघको महाधिवेशन सोमबार सकाउने लक्ष्य थियो ।@इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution