हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

स्थानीय तह पुनःसंरचना आयोगले १६ सय पेजकाे प्रतिवेदन सरकारलाई भोलि बुझाउने

local-dev

काठमाडौं- स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुधबार प्रतिवेदन बुझाउने तयारी गरेको छ। संविधानअनुसार नयाँ संरचनामा गाउँपालिका, नगरपालिकाको संख्या र सीमा निर्धारण गरी सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो।

आयोगले प्रतिवेदन बुझाएपछि बन्ने गाउँपालिका र नगरपालिका स्थानीय तह हुनेछन्। साबिकका प्रायः गाविस अब वडामा परिणत हुने भएका छन्। गाविसगाविस मिलाएर गाउँपालिका बनाइएको छ। अहिलेसम्म गाविसबाट सेवाग्राहीले पाइआएका सेवा सुविधा वडाबाट दिनेगरी व्यवस्था गरिनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका अध्यक्ष बालानन्द पौडेलले भेट गरी बुधबार प्रतिवेदन बुझाउने समय मागेको आयोगका प्रवक्ता हरि पौडेलले बताए। उनले भने, ‘हामी सरकारलाई प्रतिवेदन बुझाउन युद्धस्तरमा काम गरिरहेका छौं। बुधबार गाउँपालिका र नगरपालिकाको संख्या र सीमासहितको प्रतिवेदन बुझाउने तयारीमा छौं।’

उनका अनुसार प्रतिवेदन १६ सय पेजको हुनेछ। आयोगले प्रतिवेदनका लागि अन्तिम तयारी गरिरहेको छ। आयोगका पदाधिकारी प्रतिवेदनमा हस्ताक्षरको चरणमा छन्। आयोग प्रत्येक जिल्लाका वडा, गाउँपालिका र नगरपालिकाका केन्द्र, जनताले पाउने सेवासुविधालगायतको रुजु, भाषा शुद्धाशुद्धीलगायत अन्तिम काममा रहेको प्रवक्ता पौडेलले बताए।

आयोगले गाउँपालिका र नगरपालिकाभित्र प्रशासनिक सुगमता कायम हुने ठाउँलाई केन्द्र तोक्नेछ। स्थानीय स्वायत्त शासन प्रणालीको मर्म र भावनाअनुरुप वित्तीय, प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा स्थानीय तहलाई अझ सुदृढ र सक्षम तुल्याउन आवश्यक सुझावसमेत प्रतिवेदनमा हुनेछ।

स्थानीय तहको अधिकार क्षेत्रको आधारमा उपयुक्त स्थानीय सेवाको ढाँचासमेत प्रतिवेदनमा हुनेछ। आयोगले केन्द्र, प्रदेश, स्थानीय तहका गाउँपालिका, नगरपालिका र जिल्लासभाबीच काम, कर्तव्य, अधिकार, स्रोतसाधन र जबाफदेहिताको दोहोरोपना हटाउन बाँडफाँट वर्गीकरणसमेत गरेको छ।

आयोगले सरकारले दोस्रोपटक दिएको कार्यादेशअनुसार इलाकालाई समेत आधार मान्दै अधिकतम ७ सय ४४ गाउँपालिका तथा नगरपालिका बनाउने मापदण्ड बनाएको थियो। अहिले ७५ जिल्लाका पुनःसंरचना जिल्ला प्राविधिक समितिबाट आएको प्रतिवेदनअनुसार ७ सय २० देखि २५ सम्म गाउँपालिका, नगरपालिका कायम रहनेगरी प्रतिवेदन तयार पारिने आयोगले जनाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution