इजरायलमा उधौली पर्व साकेला सिली भव्यताको साथ सम्पन्न

तेलअविव – किरात रार्इ यायाेख्खा नेपाल इजरायल द्वारा उधौली पर्व साकेला सिली – २०७३ कार्यक्रम १७ डिसेम्बर २०१६ (शनिबार)का दिन तेलअविव इजरायलमा भव्यताको साथ सम्पन्न गरेको छ |
संस्थाकोे अध्यक्ष बाल कुमार राईको सभापतिमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुताबास इजरायलका प्रथम सचिव हरिहर कान्त पाैडेल, बिशेष अतिथिहरु नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष निर्मला गुरूङ ,एनअारएनए इजरायलका अध्यक्ष दिपक वली , अतिथिहरुमा इजरायल स्थित जातिय ,धार्मिक ,सामाजिक , राजनैतिक पार्टीका अध्यक्षहरु र अनलाइनमिडिया कर्मीहरु रहेका थिए |
कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु हुँदै संस्थाका द्धितीय उपाध्यक्ष बबिना राईले स्वागत मन्तव्य राख्नुको साथै उधौली पर्व साकेला सिलीको शुभकामना व्यक्त गर्नु भएको थियो |
अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन्|
उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले मनाउने पर्व हो। यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि नेपाली राजदुताबास इजरायलका प्रथम सचिव हरिहर कान्त पाैडेलले सबै जातजातिको कला संस्कृति नै समग्र नेपालीको पहिचान भएकोले संरक्षण गर्न जरुरी रहेको बताउनु भएको थियो |यसै गरी नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष निर्मला गुरूङ ,एनअारएनए इजरायलका अध्यक्ष दिपक वली ,नेपाली संघीय समाज इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ लगायतले उभौली पर्व साकेला सिलीको शुभकामना व्यक्त गर्नु भएको थियो |
कार्यक्रमको अन्तमा सभापति बालकुमार राईले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु हुँदै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग मिल्नेमा आशावादी रहेको बताउनु भएको थियो |