टर्कीमा रसियन राजदूत आन्द्रेई कार्लोभकोको गोली हानी हत्या (भिडियो सहित)

काठमाडौं । एकजना बन्दुकधारीको गोली प्रहारबाट टर्कीका लागि रसियन राजदूत आन्द्रेई कार्लोभको सोमबार मृत्यु भएको छ । कालो शुट र टाईमा सजिएर आएका बन्दुकधारीले सोमबार राजदूत कार्लोभमाथि गोली चलाएका थिए । उनको उपचारका क्रममा निधन भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीका अनुसार कालो सुट टाईमा सजिएर आएका युवकले फोटो एक्जिबिसनमा सहभागी भई भाषण गरिरहेका राजदूतमाथि पेस्तोलबाट गोली चलाएका थिए । गोली चलाउने क्रममा युवकले “अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स , सिरियामा हामी म-र्यौ ,यहाँ तिमि मर” भन्दै कराएको सुनिन्थ्यो ।
आक्रमणकारीले इस्लामिक स्टेटले प्रयोग गर्ने शब्द ‘अल्लाह अकबर’ उच्चारण गरेको भिडियो फुटेज स्पस्ट सुन्न सकिन्छ ।
सिरियामा भइरहेको गृहयुद्धमा रसियाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ । यही कारणले आइएसका विद्रोहीहरु रसियाप्रति आक्रोसित रहँदै आएका छन् । यसैवीच यसै साता अलेप्पोमा त्यहाँको सत्तापक्ष र विद्रोहीवीच भिषण युद्ध भएको छ ।सिरियाको युद्धको असर उसको छिमेकी देश टर्कीमा समेत पर्दै आएको छ । @ अनलाइनखबर |