हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

व्यक्तिगत दुश्मनीले दुर्गा तिवारीको हत्याभएको आशंका , रिपोर्ट नआउंदै एमालेको आन्दोलन ?

durga-tiwari

काठमाडौं : सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्यापछि बुटवल क्षेत्र तनावमा छ ।

मंसिर १४ मा सरकारले ४ र ५ नम्बर प्रदेशको सिमाङकन हेरेफेर गर्दै संशोधन विधेयक दर्ता गरेपछि त्यसको विपक्षमा बुटवलमै सबैभन्दा बलियो मास देखिएको थियो । त्यहीँ सोमबार तिवारीको हत्या भयो ।

सोमबार दिउस मोटरसाइकलमा आएका २ जनाले तिवारीलाई गोली हानेर भागेका थिए । मोटरसाइकलमा को थिए ? कसैले पहिचान गरेको खुलेको छैन ।

गोली लागेर घाइते भएका उनलाई उपचारका लागी देवदह मेडिकल कलेज लगिए पनि ज्यान जोगिएन । उनको मृत्यु भएको खवर फैलिएसँगै बुटवलदेखी काठमाडौंसम्मको राजनीति र प्रहरी प्रशासन तात्यो ।

तत्काल युवा संघको आकस्मिक बैठक बस्यो । पश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआइजी कमलसिंह बम पोखराबाट तत्काल बुटवल हिडे । अनुसन्धानमा सघाउन बुटवल प्रहरीले काठमाडौंबाट अनुभवी टोली मगायो ।

ब्यक्तिगत या राजनीतिक

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले हत्याको कारण ब्यक्तिगत देखिएकोे दावी गरिरहँदा तिवारी आवद्ध संघले भने यसलाई राजनीतिक कारण रहेको ठहर गर्दै आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।

तिवारीको हत्यापछि युवा संघ नेतृत्व शोक र आक्रोशमा देखिएको छ । संघका अध्यक्ष राजिव पहारीले तिवारीको हत्याको कारण राजनीतिक रहेको दावी गरे ।

तिवारीको हत्याबारे छानवीन गर्न संघले समिति गठन गर्नुले अहिलेनै संघ नेतृत्व हत्याको कारणको निष्कर्षमा नपुगेको देखिन्छ । युवा संघ रुपन्देही शाखाले जारी गरेको विज्ञप्तीमा ‘हत्याराको पहिचान भइसक्दा समेत पक्राउ नगरेको’ उल्लेख छ ।

केन्द्रिय सदस्य तथा रुपन्देहीका इन्चार्ज सुजु मल्ल र सचिव नकुल शाहीले जारी गरेको विज्ञप्तीमा‘हत्यामा संलग्नलाई कडा भन्दा कडा सजायको माग’ गरिए पनि संलग्न को हो खुलाइएको छैन ।

अनुसन्धानकाे निचोड नआए पनि युवा संघको माउ पार्टी नेकपा एमालेले विज्ञप्ती निकालेर हत्याकाे कारण ‘राष्ट्रिय एकता, अखण्डता,स्वाधीनता र स्वाभीमानका पक्षमा सञ्चालित आन्दोलनलाई कमजोर बनाउने र साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका’ गरेको छ।

उता, प्रहरी-प्रशासनको दावी भिन्न छ। अनुसन्धानमा संलग्न अञ्चल प्रहरी कार्यालय लुम्बिनिका प्रमुख एसएसपी शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्रसिंह धानुक र जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद सिंहले मनोज रानासँग तिवारीको दुश्मनी रहेको र घटनामा उसैको संलग्नता रहेको दावी गर्दै हत्याको कारण ब्यक्तिगत देखिएको दावी गरे ।

 टेलिफोनकुराकानीमा उनीहरुले तीन आधार प्रस्तुत गर्दै रानाको संलग्नताको दावी गरेका थिए ।

१. गत फागुनमा रानाको समूहले तिवारीको हत्या प्रयास गरेको र सोही घटनापछी उनी फरार रहनु ।

२.तिवारीको हत्यापछी रुपन्देहीका एमाले नेता ध्रुव खरेललाई नम्बर नखुलेको प्राइभेट नम्बरबाट फोन आउनु र फोनकर्ताले आफुलाई मनोजको रुपमा परिचयदिँदै हत्या आफैंले गराएको दावी गर्नु ।

३. रानाले तिवारी निकट रहेकालाई पटक–पटक फोन गरेर हत्याको धम्की दिनु ।

फरार भनिएका राना कहाँ छन् ? खुल्न सकेको छैन । एमाले नेतालाई फोन गर्ने राना नै हुन् भन्ने आधार खुलेको छैन । आफन्तलाई फोन गरेर धम्क्याएको भनिए पनि कहिले कसलाई धम्क्याएको प्रहरी–प्रशासनले खुलाउन सकेको छैन ।

रानाले धम्क्याएको विषयमा तिवारी वा उनी निकट कसैले प्रहरीमा उजुरी दिएकोबारे समेत प्रहरीले नखुलाउँदा तिवारी हत्याकाे कारणाको कन्फ्यूजन हटेन। @ पहिलोपोस्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution