इजरायलमा चासोक तङ्नाम (न्वागी पूजा) – २०७३ भव्यताको साथ सम्पन्न

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा याक्थुङबा (लिम्वु) हरुको महान राष्ट्रिय उधौली पर्व चासोक तङ्नाम (न्वागी पूजा) – २०७३ गत हप्ताको शुक्रबार (16th december 2016) तेलअविव इजरायलमा भव्यताको साथ सम्पन्न गरेको छ |
चुम्लुङ इजरायलका संस्थापक अध्यक्ष प्रताव मादेन र निवर्तमान अध्यक्ष नयन इम्सोङको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्षता संस्थाका अध्यक्ष जीवन थाक्लुङ गर्नु भएको थियो भने प्रमुख अथिति नेपाली राजदुतवास इजरायलका द्धितीय सचिव आस्था सुव्बा राई , बिशेष अथितिहरु नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्रीमती निर्मलागुरुङ , एनआरएन इजरायलका अध्यक्ष दिपक वली , अतिथिहरुमा इजरायलस्थित जातीय संघसंस्थाका अध्यक्षहरु,सामाजिक एवं राजनीतिक पार्टीका अध्यक्षहरु र अनलाइन मिडियाकर्मीहरु रहेका थिए |
प्रमुख अतिथि आस्था सुव्बा राई , संस्थाका अध्यक्ष जीवन थाक्लुङ र बिशेष अथिति श्रीमती निर्मला गुरुङले सयुक्त रुपमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उत्घाटन गरेका थिए भने थुङबाहरुको परम्परा अनुसार पुजारी सन्तोष लिवाङले विधिगत रुपमा ‘न्वागी पूजा’ मुन्धुम वाचनको साथ कार्यक्रम सुचारु गरेका थिए |
अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउने गर्दछन् |
कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु हुँदै संस्थाका प्रथम उपाध्यक्ष प्रविण आम्बुङले स्वागत मन्तव्यको साथमा चासोक तङ्नामको शुभकामना व्यक्त गर्नु भएको थियो |
हङ्कङ् र नेपालबाट आमन्त्रित अतिथि कलाकार लोकप्रिय गायक राजु आङ्सम्वे र यादन शेर्माको साथै स्थानीय नेपाली कलाकार (गायक/गायिका र निर्त्यकार)हरुले मनोरन्मय बेजोड सांगीतिक प्रस्तुतिहरु पस्केका थिए | गायक राजु आङ्देम्बे र यादन शेर्मालाई सम्मान-पत्र प्रदान गर्दै सम्मानित गरेका थिए |
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि आस्था सुव्बा राईले चासोक तङ्नामको शुभकामना व्यक्त गर्नु हुदै प्रवास भूमि इजरायलमा याक्थुङबाहरु एकैथलोमा भेला भई संस्थागत रुपमा भव्यताको साथ उधौली पर्व मनाउदै आफ्नो संस्कृतिलाई निरन्तर दिदै संरक्षण गरेकोमा आयोजकलाई बिशेष धन्यवाद गर्नु भएको थियो | स्वयम् आफै याक्थुङबा भएकोले कार्यक्रममा सहभागी भएर आफ्नो पर्व सबैजना माझ मनाउन पाउँदा खुशी लागेको बताउनु भएको थियो | यसै गरी कार्यक्रममा बिशेष अतिथिहरु श्रीमती निर्मला गुरुङ, दिपक वली र कार्यक्रम संयोजक निवर्तमान अध्यक्ष नयन इम्सोङले उधौली पर्व चासोक तङ्नाम (न्वागी पूजा) को शुभकामना व्यक्त गर्नु भएको थियो |
अन्तमा कार्यक्रमको अध्यक्षता जीवन थाक्लुङले कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु हुँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु भई संस्थालाई सहयोग र योगदानप्रदान गर्नु हुने सबैलाई हार्दिक आभार प्रकट सहित कार्यक्रम समापन भएको घोषण गर्नु भएको थियो |
कार्यक्रम संस्थाका महासचिव गीता तुम्बाहाङ्फे फुदोङ् र सचिव कुमार आङदाम्बे अविले कुशलतापुर्वक संचालन गरेका थिए |