हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

दाइजो नल्याएको भन्दै देवरले गरे आफ्नै भाउजुको बलात्कार,पति र सासु ससुरा बलात्कारीकै पक्षमा

पुस-३, भनेजती दाइजो नल्याएको भन्दै देवरले गरे आफ्नै भाउजुको बलात्कार आफ्नै पती अनी सासु ससुराले गरे बलात्कारी कै सहयोग । केही दिन अघीमात्र भारतको विहारमा सार्वजनिक भएको अमानवीय घटना हो यो । माग पुरा नहुँदा पति अनि घरका अन्य सदस्यको मञ्जुरीमा देवरले भाउजुमाथी गरे आफ्नै घरमा बलात्कार । घटनापछि पञ्चायतको दबाब बनाएर मुद्दा सल्टाउने प्रयास गरिएको समेत खुल्न आएको छ।

उक्त घटनापछि पञ्चायतबाट न्याय नपाएको भन्दै पीडित महिलाले मंगलबार बेलुका प्रहरीमा उजुरी दर्ता गराएपछि यस्तो अमानवीय घटना सार्वजनिक भएको हो । पीडित महिलाले आफ्ना देवर रजनीश कुमार, पति अनि सासु-ससुरा गरी ४ जना विरुद्ध मुद्धा दर्ता गराएकी छिन्। देवर विरुद्ध बलात्कारको आरोप छ भने पति अनि सासु ससुराले घटनामा सहयोग गरेको र दाइजो नल्याएकोमा पीडा दिएको आरोप लगाएकी छिन्।

पीडित महिलाको विवाह सन् २०१४ जुलाई २ मा भएको थियो। विवाह पश्चात ६ दिनसम्म उनी सामान्य झै पतिकै घरमा रहिन। त्यसपश्चात उनलाई माइत फर्काइयो। सर्त थियो कि ५ लाख रुपैयाँ पाएपछि मात्र घर आउन दिइनेछ। ६ डिसेम्बर २०१४ मा युवतीका बाबुले दुई लाख रुपैयाँ दिएपछि ससुरा लिन आए।करिब ढेड वर्ष पछि अर्थात ६ महिना अघि फेरी ३ लाख रुपैयाँको लागि उनलाई पीडा दिन सुरु गरियो। यो क्रममा युवतीले पति र पतिकी भाउजु बिच अवैध सम्बन्ध रहेको थाहा पाइन। उनले यो सम्बन्धको विरोध गरिन, उनी घरमै पिटिइन।

१ हप्ता अघि युवतीका देवर आए। युवतीका पति (आफ्नो दाई)संग ती देवरले एक्लै बसेर कुरा गरे। युवतीका पति घर बाहिर निस्के। सोही रात ती युवती आफ्नै देवरबाट बलात्कारको शिकार भइन। युवतीले आरोप लगाएकी छिन् कि आफुले सहयोगको लागि चिच्याउँदा पनि सासु-ससुरा चुपचाप बसे। – एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution