हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सन्दर्भ-नेपाल आदिवासी जनजाति महासङ्घको नवौ महाधिवेशन

 

pt

नेपाल आदिवासी जनजाति महासंघको नवौ महाधिवेसनमा महाधिवेसन हिजो शनिवारदेखि चितवनमा जारी छ | यसै सन्दर्भ र प्रसङ्गलाई लिएर संस्थाका संस्थापक एवं पुर्व महासचिव परशुराम तामाङको विचारहरु :

पृष्ठभूमि :

(क) जातीय विभेद र बहिष्करणका विरुद्ध लड्ने सोच सबै जनजाति अभियन्ताहरुमा थियो । केहि जनजातिका संस्थाहरु थिए तर तिन्लाइ मुद्दा र संघर्षमा जोड्ने सम्यन्त्रको अभाव थियो । (ख) ब्यबसाय /आय आर्जन गर्ने वा धारा बत्तीको काम गर्ने संस्था होइन आदिवासी जनजातिको हक हितको पैरवी गर्ने अधिकारमुखी आन्दोलनको आवस्यकता थियो । (ग) पन्चायत जनबिरोधी ब्यबस्था थियो । राजनीतिक दलहरू त्यस्को बिरुद्ध आन्दोलन गर्ने तयारीमा थिए । आदिवासी जनजातिको आन्दोलन पनि नेपालको मानव अधिकार र लोकतान्त्रिक अधिकार कै आन्दोलन थियो । तसर्थ जनजातिहरुलाइ मानव अधिकार र लोकतान्त्रिक आन्दोलनमा संगठित रुपमा सहभागी गर्नु आवस्यक थियो र हामी बीच त्यस तर्फ समझदारी बनेको थियोे । (घ) यहि पृष्ठीभुमिका बीच ०४६को जन आन्दोलन भयो । जन आन्दोलनमा भाग पनि लियौ र त्यसको लगत्तै पछि २०४७ बैशाख २२ गते महासंघको गठन गरियो आदिवासी जनजाति अधिकारवादी आन्दोलनको रुपमा ।

स्थापनाकालका मान्यताहरु :

(क) जनजाति महासङ्घलाई राज्यसत्ताको स्थायी प्रतिपक्षमा रुपमा स्थापित गर्ने । अर्थात् महासङ्घको पदाधिकारीले राजनीतिक लाभको पद धरण नगर्ने ।
(ख) राजनितिक दलहरुलाइ सम दुरिको व्यबहार गर्ने र दललाइ प्रभावित गर्ने तर दलको बिचारले महासङ्घमाथी प्रभाब पार्नु न दिने ।
(ग) जनजातिहरुको राष्ट्रिय स्तरको संस्थाको संघीय ढाचाको महासङ्घ निर्माण गर्ने ।

बर्तमान अबस्थाको समीक्षा :

(क) नेपाल आदिवासी जनजाति महासङ्घको इतिहासमै यो नगेन्द्र कुमालले नेतृत्व गरेको समिति सबै भन्दा कमजोर र प्रभाबहिन समिति रहयो ।
(ख) ब्यक्तिगत फाइदाका लागि धेरै जनसंख्या र थोरै जनसंख्याको जनजातिमा बिभाजन ल्याएर महासङ्घ मानसिक रुपमा बिभाजित रह्यो ।
(ग) जनजाति मुद्दाका पछि राजनीतिक दललाई हिडाउनुको सट्टामा महासङ्घलाइ दलको पछाडी हिडायो ।
(घ) राजनीतिक दलको फाइदाका लागि महासङ्घलाई प्रयोग गर्‍यो र आदिवासी जनजाति आन्दोलनमा बारम्बार अवरोध खडा गर्‍यो ।
(ङ) जनजाति को माग पूरा न भए पदबाट राजीनामा दिने प्रतिज्ञा गर्ने तर आफ्नो अडानमा अलिकति पनि अड्न नसक्ने अनि आफू असफल भए पछि नैतिकताको आधारमा पदभार पनि न त्याग्ने प्रवृत्ति देखियो । झन्डै एक बर्षपछी महाधिवेशन आयोजना भयो ।

महाधिवेशनले गर्नुपर्ने महत्त्वपूर्ण कामहरु :

(क) महासङ्घमा पछिल्लो कालमा आएका बिकृतिहरु हटाउनु स्थापना कालको मान्यताहरु बिधानमा नै बेबस्था गर्नु आवस्यक छ । पदाधिकारीका लागि code of conduct बनाउने ।
(ख) महासङ्घमा एक जाती दुई प्रतिनिधि (एक महिला एक पुरुष ) को ब्यबस्था गर्ने र त्यस्का अतिरिक्त जनसंख्याको आधारमा थप प्रतिनिधित्व गराउने । राज्यमा समानुपातिक समाबेशी माग गर्ने संस्था आफै सबैको लागि नमुना (model) बन्नु पर्ने ।
(ग) महासङ्घ जाति को आधारमा त छ अब यस्लाई भूगोलको संघीयताको प्रदेश सङ्ग तालमेल मिलाउनु पर्दछ । प्रबास समितिलाई पनि प्रदेशकै वा जिल्लाका मान्यता दिनु आवस्यक छ ।
(घ) महासङ्घमा संकट मोचन ब्यबस्था आवस्यक छ । त्यस्का लागि सन्स्थापक र पुर्ब प्रमुखहरूको संरक्षक समिति बनाउनु उपयुुक्त होला ।
(ङ) जनजाति का लागि आफू बलिबेदिमा चढ्ने, मुद्दा बुझेको र विभिन्न जनजातिहरु बिचको अन्तर्बिरोध हल गर्नु सक्ने क्षमतावान नेतृत्वको चयन ।

 आगामी कार्यक्रम :

(क) धर्मनिरपेक्षता, गणतन्त्र , समानुपातिक समाबेशी सिद्धान्त , संघीयता जस्ता संविधानमा संस्थागत उपलब्धिको रक्षा गर्दै आदिवासी जनजातिलगायतका आन्दोलनकारी समुदायको पहिचानको सम्मान र स्वायत्तता अधिकार सहितको संघीयता र साझेदारी राज्यको सम्रचनाका पक्षमा सम्बिधान सम्सोधन गराउने ।
(ख) आदिवासी जातिको अधिकार सम्बन्धि राष्ट्रसंघीय घोषणा पत्र लाई कार्यन्बयन गराउने ।
(ग) राज्यको हर गतिविधिको अनुगमन , मुल्यांकन र विश्लेषण गर्ने र जनजाति अनुकुल बनाउनु संघर्ष गर्ने ।
(घ) उत्पीडित श्रमजिबी र समुदायको आन्दोलन सङ्ग जनजाती आन्दोलनको सहकार्य गरेर परिबर्तन बिरोधि प्रतिगामी र यथास्थितिवादिलाइ झुकाउने ।

 निष्कर्ष :

उक्त काम गर्नु सक्यो भने मेरो विचारमा यो महाधिवेशन सफल भएको मान्नु पर्दछ । मेरो शुभकामना छ ।

– परशुराम तामाङ
संस्थापाक तथा पुर्बप्रमुख (महासचिव )
२०७३ पुष २ गते ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution